Sunday 22nd March 2026

जयनगर-जनकपुर रेलमार्गमा परिक्षण रेल गुड्यो


तितोपाटी – जयनगर-जनकपुर रेलमार्गमा परीक्षणका रुपमा रेल गुडाउन सुरु गरिएको छ। रेलमार्ग निर्माण गरिरहेको भारतीय कम्पनीले ब्रोड गेजले रेलमार्ग निर्माणकाे काम सक्नै लाग्दा परीक्षणका रुपमा रेल सञ्चालन सुरु गरिएकाे हाे ।

जयनगरदेखि-खजुरीसम्मकाे करिव ९ किलोमिटर रेलमार्ग खण्डमा बुधबार परीक्षणका लागि रेल गुडाएकाे रेल विभागले जानकारी दिएकाे छ ।

विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभकत उपाध्यायले आज (बिहीबार) थप १० किमी खण्डमा रेल गुडाएर परीक्षण थाल्ने जानकारी दिए । हाल पहिलाे चरणकाे परीक्षण सञ्चालन मात्रै भइरहेकाे जनाउँदै उनले सबै खण्डको परीक्षण गरिसकेर चाँडै नै नियमित रुपमा रेल सञ्चालन गर्ने बताए ।

पूर्ण रुपमा रेल सञ्चालन हुन भने अझै चारपाँच महिना लाग्ने देखिएकाे छ । जनकपुर-जयनगर रेलमार्गकाे लम्बाइ ३५ किलोमिटर रहेकाे छ । यही सालकाे पुस महिनाबाट यस मार्गमा पूर्ण रुपमा रेल सञ्चालन गर्ने रेल विभागको तयारी रहेकाे छ।

नियमित रेल गुडाउनका नेपालमा चालक नरहेकाे भन्दै भारतबाट चालक र ब्राेडगेज रेल भाडामा लिएर सञ्चालन गर्ने रेल विभागकाे तयारी छ । जनकपुर-जयनगर निर्माणाधीन रेलमार्ग ब्रोडगेज प्रविधिकाे हाे, जुन भारतमा चल्तीमा रहेकाे छ । भारतकै १० अर्ब रुपैयाँ सहयोगमा यस रेलमार्गकाे निर्मांण सुरु भएकाे थियाे ।

पुरानै रेलमार्गमा नयाँ लिक बिछ्याएर रेलमार्ग तयार गरिँदै छ । यसमा १० वटा डब्बा तान्ने इन्जिन सहितको रेल लिजमा लिन लागिएको विभागले जनाएको छ। सन् २०१४ बाट याे रेलमार्ग विस्तारकाे काम सुरु भएको थियो, जसका कारण विगत ४ वर्षयता जनकपुर-जयनगर रेल सेवा बन्द छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...