Wednesday 25th March 2026

नेपाल र भारतका प्रधानमन्त्रीद्वारा नेपाल रेलवेको उद्घाटन, ८ वर्षपछि पुनः शुरू भयो नेपालमा रेल


प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल रेल्वेको उद्घाटन गरेका छन्। दुई देशका प्रधानमन्त्रीले हैदरावाद हाउसमा आयोजना गरिएको एक कार्यक्रममा संयुक्त रुपमा स्वीच थिचेर भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्। भारतको सहयोगमा रेल विस्तार तथा स्तरोन्नति परियोजना अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्था रेलसेवाको शुरूवात गरिएको हो । यात्रुवाहक यस रेलमा मालसामान ढुवानी गर्ने सुविधा भने छैन ।

रेल भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर  दिनको दुई पटक गुडाइनेछ। त्यसपछि बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ भने दुई घण्टापछि कुर्था स्टेसनमा पुग्नेछ। त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल जयनगरका लागि प्रस्थान गर्नेछ। सो रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्ने कार्यतालिका छ।

कुर्थादेखि जयनगरसम्मका लागि जनरल बगीको ९० रुपैयाँ निर्धारण गरिएको छ भने एसीयुक्त बगीका लागि ४ सय ५० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै एक स्टेसनबाट अर्को स्टेसनसम्मका लागि जनरल बगीका लागि २० रुपैयाँ एसी बगीमा १ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ।

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–बिजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनमा आउन लागेको हो। डिजेल इलेक्ट्रिक मल्टिपल युनिट डिजेल र विद्युत् दुवैबाट चल्ने यो दुवै विश्वमै नयाँ मोडेलका रेलको रूपमा तयार गरिएको निर्माण कम्पनी कोकर्णको दाबी छ।

१९९४ मा ब्रिटिस कम्पनी सरकारले नेपालको जंगलबाट काठ ओसार्न लाइन विस्तार गरेको थियो। त्यो बेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो। पछि भारत सरकारले १८ वटा बगीसहित वाष्प इन्जिन सहयोग गरेको थियो। २०५१ सालदेखि स्टिम इन्जिन युक्त रेल सञ्चालनमा आएको थियो। नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौता अनुसार जयनगर–जनकपुर–भंगहा–बर्दीवास रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ गतेदेखि रेल सेवा बन्द भएको थियो ।

भारतको जयनगरदेखि महोत्तरीको बर्दीवाससम्म जम्मा ६९ कि.मी. दुरीमा रेलसेवा संचालन गर्ने योजना अनुसार पहिलो चरणमा जयनगर – कुर्था ३५ कि.मी. मा रेलसेवा शुरू भएको छ भने कुर्था – भंगहा तथा भंगहा – बर्दीवास गरी दोश्रो र तेश्रो चरणमा ३४ कि.मी. रेलमार्ग निर्माण कार्य अघि बढिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...