Friday 19th June 2026

श्रृंखलावद्ध महिला हिंसा विरुद्ध राप्रपाको प्रदर्शन


तितोपाटी- लगातार रुपमा बलात्कार लगायत महिला हिंसाका घटना घटिरहेको तर सरकारले रोकथाम गर्न नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

केहि समय यता देशका विभिन्न स्थानमा श्रृंङखलावद्ध रुपमा बलात्कारका घटना घट्दा समेत सरकारले रोकथामको प्रयास नगरेको भन्दै प्रदर्शन गरिएको हो ।

काठमाडौँको बबरमहलबाट शुरु भएको प्रदर्शन माइतिघर मण्डालामा पुगेर कोणशभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनका सहभागीहरुले नारी अस्मिताको रक्षा गर, बलात्कारीलाई कारबाही गर, संविधानमा लेखिएको महिला हक सम्बन्धि अधिकारहरुलाई तुरुन्त ऐन बनाई कार्यान्नयन गर लगायतका नारा लगाएका थिए ।

उनीहरुले महिलामाथि भैरहेका श्रृंखलावद्ध बलात्कार हिंसा र हत्याका घटना रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...