Friday 3rd July 2026

आधुनिक विज्ञानले अन्तरिक्ष (ब्रह्माण्ड) मा अदृश्य शक्तिको पहिचान गर्यो !


डा. अम्बरिश पोख्रेल- हाम्रो यो विशाल जगत कहिले उत्पत्ति भयो भन्ने कुरा मैले यस अगाडि नै लेखिसकेको छु।

२. यो जगतको उत्पत्ति भएको दिन देखि, प्रकाशको गति बराबर विस्तार भएको हिसाब गर्दा पनि जम्मा ४५ अर्ब प्रकाश वर्ष बराबरको क्षेत्र वा दूरीसम्म विस्तार हुनु पर्ने थियो ।

३. तर यसको ४५ अर्ब प्रकाश वर्ष टाढा टाढा भन्दा पनि दोब्बर ९३ अर्ब प्रकाश वर्ष टाढा टाढा सम्म फैलिएको कुरा हाम्रो आधुनिक विज्ञान ले हिसाब गरेको छ ।

४. यो प्रकारको विस्तार कसरी सम्भव भयो होला भनेर खोजी गर्दै जाँदा के भेटियो भने, यो ब्रह्माण्डमा एउटा अदृश्य शक्ति विद्यमान रहेको रहेछ जसले गर्दा हाम्रो ब्रह्माण्ड प्रकाशको गति भन्दा पनि टाढा विस्तार भएको रहेछ । त्यो शक्ति लाई अंग्रजीमा डार्क इनर्जी ( Dark Energy) नामाकरण गरिएको छ । जसको अर्थ हो रहस्यमय शक्ति वा अदृश्य शक्ति हुन जान्छ । जसको प्रतिशत समेत हिसाब गर्दा नासा ले करिब २७ प्रतिशत हुन आउँछ भनेको छ ।

५. यदि अदृश्य शक्ति (वा रहस्य मय शक्ति) विद्यमान छ भने, अदृश्य पदार्थ (वा रहस्य मय पदार्थ) पनि त विद्यामान हुनु पर्यो नि । त्यो अदृश्य पदार्थ पनि पहिचान गरिएको छ । जसको प्रतिशत समेत नासा को हिसाबमा करिब ६८ प्रतिशत हुन आएको छ ।

६. यदि अदृश्य शक्ति २७ र अदृश्य पदार्थ ६८ गरेर ९५ प्रतिशत हुन आयो, भने हामीले देखेको भोगेको वा जानेको यो सारा जगतको पदार्थ र शक्ति जम्मा ५ प्रतिशत हुन आउँछ । यसरी २७+६८ = ९५ + ५ गरेर १०० प्रतिशत हुन आउँछ ।

७. यहाँ मैले एक एक गरेर हिसाब गर्नुको मनसाय के हो भने, अहिलेको विज्ञानले वा विकशित प्रविधिले जम्मा ५ प्रतिशत पदार्थको बारेमा जान्न खोज्दै छ, अनुसन्धान गर्न खोज्दै छ वा देख्न बुझ्न सक्दछ ।

८. यो अदृश्य शक्ति कसरी जान्न सकियो होला त ? तल प्रस्तुत चित्रमा देखाए जस्तै सेतो सेतो धब्बाहरु यो जगतमा रहेका लाखौ लाख तारा पुञ्ज ( हाम्रो लागि मिल्क वे) हरु हुन भनेर मानौं । जुन एक आपसमा टाढा टाढा हुँदै गइरहेका छन् । जसलाई अहिलेको विज्ञानले प्रमाणित गरेको छ । जस्तै हाम्रो मिल्की वे (Milkyway) को सबैभन्दा नजिकको तारापुञ्ज एन्ड्रो मेडा ( Andromeda) हो, जुन दिन प्रतिदिन लाखौ किलोमीटर टाढा टाढा हुँदै गइरहेको छ । त्यो टाढा गराउने शक्तिलाई डार्क इनर्जी (Dark Energy) भनेर नामाकरण गरिएको छ।

९. यसरी दुई तारा मण्डलको बीचमा जुन शक्ति प्राप्त भएको छ, जसले एक अर्कालाई टाढा टाढा लाग्दै आएको छ, त्यहाँ डार्क म्याटर (Dark matter) छ, तर यसलाई अहिलेसम्म विकशित प्रविधिले देख्न र बुझ्न सकेको छैन । खाली त्यहाँ डार्क म्याटर छ भनेर गणितीय हिसाब गर्न सकेको छ ।

१०. यसरी अहिलेसम्म को विकशित विज्ञानले एकातिर त्यो अदृश्य शक्ति र पदार्थको पहिचान त गर्न सक्यो तर यसको बारेमा जान्नकाे लागी हाम्रो प्रविधि अझै सक्षम भइसकेको छैन ।

११. आशा गरौं, भविष्यमा हाम्रो नयाँ प्रविधिले यसलाई थप जान्ने बुझ्ने र यो ब्रह्माण्ड दैनिक लाखौं लाख किलोमीटर किन विस्तार भइरहेको रहेछ भनेर पहिचान गर्ने छ।
https://science.nasa.gov/astrophysics/focus-areas/what-is-dark-energy
अस्तु ।
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...