Wednesday 4th February 2026

नेपालमा ओमिक्राेन भेरियन्टका संक्रमित २७ पुगे


पछिल्लो समय तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसका संक्रमित नेपालमा पनि बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले विज्ञप्ति जारी गर्दै १४ सय २६ जनाको जिन सिक्वेन्सिङ गर्दा थप २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएकी छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पोजिटिभ नमूनाको जिन सिक्वन्सिङ गर्दा २५० नेगेटिम पत्ता लाग्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो । यसअघि नेपालमा तीन जनामा ओमिक्रोम पुष्टि भएको थियो । योसँगै नेपालमा ओमिक्रोम पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ । यस्तै, मन्त्रालयले देशभरका अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मन्त्रालययले ओमिक्रोन भेरिएन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीहरूको चापलाई मध्यनजर गर्दै सबै उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीहरुको यथेस्ट जोहो गर्न निर्देशन दिएको हो । यसका साथै स्वास्थ्यकर्मीहरूलाई समेत तयारी अवस्थामा रहन भनेको छ । सीमा नाकाहरूमा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजिटिभ आएका केशहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।

यसका साथै एस–जीन स्क्रिनिंग गर्ने सुविधा देशका अन्य स्थानहरू (वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, श्री वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला (प्रदेश नं २, भेरी अस्पताल) बाट पनि सञ्चालनमा रहेको छ । विश्वव्यापी तथा नेपालमा हालसम्म उपलब्ध तथ्यांकहरुलाई आधार मान्ने हो भने नेपालमा पनि ओमिक्रोनका कारणले अत्यधिक मात्रामा कोभिड–१९ का केशहरू बढ्न सक्ने सम्भावना रहेकोले सबैले थप सजगता अपनाउनुपर्ने देखिएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा…

भारतको २०२६–२७ संघीय बजेटमा विदेश सहायता विनियोजनले नयाँ कूटनीतिक प्राथमिकताहरू स्पष्ट संकेत गरेको छ। सबैभन्दा ठूलो विकास सहायता भुटानलाई २,२८८…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरिसकेको दाबी गरेका छन्। शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँग…

प्रतिकृयाहरू
...