Sunday 5th May 2024

कोरोना त्रासले खाडीका चार मुलुकमा कडाइ, कहाँँ कस्ताे नियम ?


तीतोपाटी – कोरोना र यसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमितहरूको संख्या बढेपछि धेरै नेपालीहरूको गन्तव्य रहेका मध्यपूर्वका देशहरूमा पुनः कडाइ गरिएको छ । ताजा समाचारका अनुसार कुवेत, साउदी अरब, युएइ तथा कतारले उच्च सतर्कता अपनाउँदै ति देशका नागरिक तथा प्रवासीहरूलाइ कोरोना बिरूद्धको बुष्टर शट लगाउन, मास्कको प्रयोग साथै सामाजिक दुरी कायम गर्न तथा भेला जम्मा हुन प्रतिवन्ध लगाउने जस्ता स्वास्थ्य मापदण्ड पालना गराउन कडाइ गरिएको हो ।

कुवेत

अक्टोबर अन्तिम साताबाट कोरोनाको डरबाट मुक्त हुन कुवेतले आफूलाइ ‘मास्क फ्रि’ घोषणा गरेको थियो । तर, सधैका लागि कदम कायम रहन सकेन । पुनः कोरोनाका संक्रमित बढन थालेपछि कुवेतले केही नयाँ नियम ल्याएको छ ।

कुवेत सरकारले जनवरी ९ गतेदेखि फेब्रुवरी २८ गतेसम्म सार्वजनिक स्थान, मल तथा होटेलभित्र हुने सबै प्रकारका भेला गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

त्यसैगरी बुस्टर डोजका लागि ५० वर्ष माथिका नागरिक र आप्रवासीहरूका लागि सिधै खोप केन्द्रमा गएर खोप लगाउन पाउने तथा त्योभन्दा कम उमेर समूहकाले अनलाइनबाट स्विकृति लिनुपर्ने नियम ल्याएको छ ।

कुवेत भित्रिने हरेक यात्रुहरूले ७२ घण्टा अगाडि कोरोना परीक्षण गराउन अनिवार्य गरिएको छ । यद्यपी कुवेतले प्रतिदिन १० हजार यात्रुहरूलाई कोरोनाका मापडण्ड पालना गर्दै भित्र्याउने छ ।

कुवेत भित्रिने हरेक यात्रुहरूले १० दिन होम क्वारेन्टिन बस्नुपर्ने छ । तथापी होम क्वारेन्टिन बसेको तीन दिनमा कोरोना परीक्षण नकारात्मक आएकाले भने क्वारेन्टिन बस्नुपर्ने छैन ।

साउदी अरब

अक्टोबर १७ तारिखबाट साउदी अरबले आफूलाई ‘मास्क फ्रि’ घोषणा गरे पनि डिसेम्बर ३० तारिखबाट अनिवार्य रूपमा फेरि मास्क लगाउने नियम ल्याएको छ । त्यसैगरी एक व्यक्तिबाट अर्को व्यक्तिले कम्तिमा १.५ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको छ ।

साउदी अरबले बुस्टर डोजका लागि सबै नागरिक र आप्रवासीहरूलाई अनुरोध गरेको छ ।

यूएई

यूनाइटेड अरब इमिरेट्स (यूएई)ले अबुधावी प्रवेश गर्नका लागि नयाँँ नियम ल्याएको छ । अब अबुधावी प्रवेशकर्ताको अल हुसेन मोबाइल एप्समा ग्रिन सिग्नल आउनुपर्ने छ ।

मास्क नलगाई बाहिर निस्कनेलाई तीन हजार दिराम (९० हजार नेरु) सम्म जरिवाना गरिने छ । त्यसैगरी यूएईका विद्यालयहरूले दुई हप्ताका लागि अनलाइन कक्षा सञ्चालन हुनेछन् ।

बुस्टर डोजका लागि सबै नागरिक र आप्रवासीहरूका लागी सिधै खोप केन्द्रमा जान यूएईले आह्वान गरेको छ ।
यूएईले जिम्बाबे, घाना, यूगान्डा, केन्या लगायत ८ वटा देशका यात्रुहरूलाई प्रवेश निषेध गरेको छ ।

कतार

कतारले कोरोना तथा ओमिक्रोनका संक्रमितहरूको संख्या बढ्न थालेपछि अनिवार्य रूपमा फेस मास्क लगाउनुपर्ने नियम ल्याएको छ ।

कोरोनाको खोप लगाएको ९ महिनापछि एह्तेराज एपमा हुने गोल्डेन बक्स हराएर जाने र बुस्टर डोजको खोप लगाएपछि पुनः गोल्डेन बक्स आउने बनाइएको छ ।

बुस्टर डोजका लागि सबै नागरिक र आप्रवासीहरूले पूर्व स्वीकृतिबिना सिधै खोप केन्द्रमा गएर खोप लगाउने व्यवस्था गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...