Thursday 18th September 2025

नेपाली दूतावास बहराइनले गर्यो खेलाडी सम्मान


तीतोपाटी, काठमाडौं – बहराइनमा सञ्चालित एशियन यूथ प्यारा गेम्समा सहभागी नेपाली खेलाडी तथा पदाधिकारीहरूलाइ नेपाली राजदूतावास बहराइनले सम्मान गरेको छ।

तेक्वान्दोमा आइतवार भएका प्रतिस्पर्धाहरुमा पलेशा गोवर्द्धनले स्वर्ण पदक, सिर्जना घिसिङले रजत पदक तथा विशाल गर्बुजाले कास्य पदक जितेका थिए । खेलाडीहरु लगाएत प्रशिक्षक कविराज नेगी लामा, टोली नेतृत्वकर्ता तथा राष्ट्रिय खेलकुद परिषद्को सदस्य नन्दा वस्याललाई दुतावासले सम्मान गरेको हो ।

नेपाली राजदूतावास बहराइनका कार्यवाहक राजदूत अरूणा घिसिङ्ग तथा सहचारी सुनिता लकान्द्रीले सोमवार दूतावासमा आयोजित एक कार्यक्रममा खेलाडी तथा पदाधिकारीहरूलाई सम्मान गर्दै राष्ट्रको गौरव थप उँचो बनाएकोमा विजेता, सहभागी तथा पदाधिकारीहरूलाई बधाई दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

प्रतिकृयाहरू
...