Friday 3rd July 2026

कुवेतमा पहिलो पटक नेपालीबाट ठुलो संख्यामा नर्सहरु ल्याइदै


तीतोपाटी डटकम-कुवेतमा पहिलो पटक ठुलो संख्यामा नेपाली नर्स र अन्य स्वास्थ्यकर्मीहरु ल्याइने भएको छ।उनिहरुले कुवेतको स्वास्थ्य मन्त्रालयका मातहातका रहेका सरकारी अस्पातलहरुमा काम गर्ने छन।

नेपालको एक मेनपावरले नोभेम्बर २४ तारिक कुवेतको स्वास्थ्य मन्त्रालयको प्रतिनिधिले परिक्षा लिने भन्दै ३०९ जना महिला र २०८ जना पुरुष नर्सको आवश्यकता रहेको बिज्ञापन छापेको छ। साथै डेन्टल नर्स ४२ जना,डेन्टल टेक्निसियन २० जना, हाइजिनिस्ट ६२ जना र डेन्टल एक्सरे ७ जना लगिने उक्त बिज्ञापनमा उल्लेख गरिएको छ।उनिहरुलाई बस्ने खाने सुबिधा कम्पनीलेनै उपलब्ध गराउने छ।हप्ताको ६ दिन र दैनिक ८ घण्टा काम लगाउने र भिस अनी हावाइ टिकट कम्पनीलेनै बेहोर्ने बताइएको छ।सेवा शुल्क पनि १० हजार नेपाली रुपैया मात्र तोकिएको छ।

नेपाली राजदूताबास कुवेतका श्रमचारी हेम कुमार अधिकारी भन्छन’ कुवेतमा स्वास्थ्य क्षेत्रमा यसरी अधिकारिक रुपमा अहिले सम्म स्वास्थ्यकर्मीहरुलाई ल्याइएको थिएन।हामीले निरन्तर प्रयास गरे पछी नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु कुवेतको स्वास्थ्य मन्त्रालय अन्तर्गत काम गर्ने गरी ल्याउने सहमती भएको हो। उनिहरुले पाउने सेवा सुबिधा पनि राम्रो छ। हाम्रो नियमित प्रयास सधैं सके सम्म सुरक्षित रोजगारिका साथ दक्ष कामदारहरु भित्र्याउने हुनेछ।’

नेपाल नर्सिङ काउन्सिलकी रजिस्टार बिन्दा घिमिरे भने यसरी कुवेतमा स्वास्थ्यकर्मीहरु बिशेष गरी नर्सहरुको माग गरिएकोबारे आफुहरुलाई कुनै जानकारी नभएको बताउछिन।घिमिरे भन्छिन ‘यूरोपका देशहरु लगाएत अमेरिका, अमेरिका, क्यानडा, अस्ट्रेलियामा ब्यक्तिगत प्रयासबाट जाने धेरै छन, हामीले त्यहा पढ्न जानेहरुलाई नर्सिङ लाइसेन्समा भएको जानकारी अनुसारको कागजात पनि उपलब्ध गराउछौ।तर श्रम गरेर काम गर्नेगरी यसरी जानेहरुको हकमा हाम्रो कुनै जिम्मेवारी हुँदैन।’

नेपाल नर्सिङ काउन्सिलकी सुचना अधिकारी रेखा अधिकारीका अनुसार बिस २०५३ साल देखी हालसम्म काउन्सिलमा दर्ता हुने नर्सको संख्या ६७ हजार २२ जना रहेका छन। जसमा पुरुष नर्सको संख्या १५१ जना मात्र रहेका छन।


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...