Friday 16th January 2026

कुवेतमा पैसाको लागी नक्कली एसएमएसबाट सावधान रहन सरकारको अनुरोध


कुवेतस्थित सञ्चार मन्त्रालयले कुवेतवासी नागरिकहरुलाई शंकास्पद व्यक्तिद्वारा पठाइने नक्कली एसएमएसबाट सावधान रहन आग्रह गरेको छ।

मन्त्रालयले शुक्रवारको दिन एक प्रेस विज्ञप्तिमा जारी गर्दै पछिल्लो समय कुवेतमा नक्कली (एसएमएस) मोबाइलमा पठाई रकम ठगी गर्ने गिरोह सक्रिय रहेकोले सतर्क रहन अनुरोध गरेको छ।

कुवेतमा अज्ञात समूहबाट, ई-मेल वा इलेक्ट्रोनिक लिंक मार्फत नक्कली सन्देश पठाएर ठगी गरीरहेको पाइएको छ। उक्त गिरोहबाट बच्नको लागी अज्ञात नम्बरद्वारा प्राप्त कुनै पनी किसिमको सन्देशबाट सावधानी अपनाउनु पर्ने जनाएको छ।

त्यस्ता नागरिकले सम्पर्क गरी विभिन्न प्रलोभनमा पारी रकम ठगी गरेको सञ्चार मन्त्रालयलाई उद्धत गर्दै अल-कबास दैनिक लेखेको छ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...