Sunday 21st June 2026

कुवेतमा पैसाको लागी नक्कली एसएमएसबाट सावधान रहन सरकारको अनुरोध


कुवेतस्थित सञ्चार मन्त्रालयले कुवेतवासी नागरिकहरुलाई शंकास्पद व्यक्तिद्वारा पठाइने नक्कली एसएमएसबाट सावधान रहन आग्रह गरेको छ।

मन्त्रालयले शुक्रवारको दिन एक प्रेस विज्ञप्तिमा जारी गर्दै पछिल्लो समय कुवेतमा नक्कली (एसएमएस) मोबाइलमा पठाई रकम ठगी गर्ने गिरोह सक्रिय रहेकोले सतर्क रहन अनुरोध गरेको छ।

कुवेतमा अज्ञात समूहबाट, ई-मेल वा इलेक्ट्रोनिक लिंक मार्फत नक्कली सन्देश पठाएर ठगी गरीरहेको पाइएको छ। उक्त गिरोहबाट बच्नको लागी अज्ञात नम्बरद्वारा प्राप्त कुनै पनी किसिमको सन्देशबाट सावधानी अपनाउनु पर्ने जनाएको छ।

त्यस्ता नागरिकले सम्पर्क गरी विभिन्न प्रलोभनमा पारी रकम ठगी गरेको सञ्चार मन्त्रालयलाई उद्धत गर्दै अल-कबास दैनिक लेखेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...