Friday 16th January 2026

राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत विदेश मंत्री मेशल इब्राहिम अल- मुदाफ विच शिष्टाचार भेटघाट सम्पन्न


तितोपाटी- कुवेतस्थित नेपाली राजदूतावासका राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकार, परराष्ट्र मन्त्रालयका वाणिज्य दूतावास मामिलाहरुको लागी सहायक विदेश मन्त्री मेशल इब्राहिम अल- मुदाफ बीच हिजो कुवेत सरकारको परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

उक्त भेटका अवसरमा कोभिड-१९ का कारण रोजगारीको क्षेत्रमा परेको असर, नेपाल-कुवेतबीच आवत-जावतको अवस्था, कामदारकालागि प्रवेशाज्ञाको व्यवस्था, परिवर्तित सन्दर्भमा रोजगारीका नयाँ संभावनाहरु, नेपाली कामदारको रोजगारीका नयाँ क्षेत्रमा पहुँच, कामदारहरुको समग्र हित सम्बन्धी विषय लगायत नेपाल-कुवेत बीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको नेपाली दूतावास कुवेतले जानकारी दिएको छ।

भेटका अवसरमा नेपाली राजदूतावासका श्रम सहचारी हेम कुमार अधिकारी, तथा कुवेत सरकार, परराष्ट्र मन्त्रालयका मन्त्री सामी अल-रूबैयन लगायत अन्य अधिकारीको पनि उपस्थिति रहेको थियो।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...