Thursday 5th March 2026

चाडपर्व छाडेर वैदेशिक रोजगारी जानेको यस्तो पीडा


तितोपाटी- दशैंका लागि घर जाने र परिवारसँग भेटघाट गर्न पाउने जति खुसी छन् । त्यो खुसीलाई बिर्साउने गरी केही भने दशैंको पूर्वसन्ध्यामा विदेश उडेका छन् ।

कामका लागि विदेश जान लागेका केही श्रमिकलाई हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेर तयार पारेको यो सामग्री हेर्नुहोस् ।

निधारमा रातो टिका लगाएका नुवाकोटका सुमन तामाङ खिन्न मन लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यता उता गरिरहनु भएको छ ।

छेउमै उहाँकी जीवन संगिनी सुनिता छोरीलाई काखी च्यापेर उभिइरहनु भएको छ । सुमन कामका लागि दशैं मान्न छाडेर विदेश उड्न विमानस्थल पुग्नुभएको हो भने सुनिता आफ्नो जीवन साथीलाई बिदाई गर्न ।

दशैंमा खुसीको पोको बोकेर आउनु पर्ने आफ्ना बाबा खुसी खोज्न विदेश जाँदैछन् भन्ने पनि थाहा छैन यी नानीलाई । आफ्ना बाबा विरानो देशमा खुसी खोज्न जाँदै छन् भन्ने थाहा हुँदो हो त काखे नानीलाई किन निद्रा पर्थ्यो र ? मुटुका टुक्रा जस्तो छोरी र चन्द्रमा जस्ती जीवन संगिनीलाई छाडेर विदेशिनु सुमनको बाध्यता हो ।

अनि बाध्यताले विदेश उड्न लागेका आफ्ना जीवन साथीलाई विदा गर्न सुनितालाई अर्को बाध्यताले विमानस्थलसम्म डोहोर्‍याएको छ । उहाँ भारी मन लिएर श्रीमानको यात्राको सफलाको कामना गर्न यहाँसम्म आउनुभएको छ ।

चाडबाड छाडेर विदेशिने सुमन एक्लो हुनुहुन्न । सुमन जस्ता आधा करोड युवा घर परिवारभन्दा टाढा छन । बाध्यताले विदेशिनेलाई चाडबाडको रौनकभन्दा जिम्मेवारीको भारीले थिचेको छ ।

यो वर्ष चाडबाड मनाउन नपाएर दुखी भएकाहरु आउँदा वर्षमा रमाउने धोको साँचिरहेका छन । साभार हिमालय टेलिभिजन


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...