Wednesday 14th October 2026

गैरकानुनी रूपमा कतारमा रहेका आप्रवासी कामदारलाई आममाफी


तितोपाटी- कतारमा अवैधानिक रुपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकलाई सरकारले आममाफी दिने भएको छ।

सरकारले आममाफीका लागि एक समय सीमा तोकेको छ। आममाफीको समय १० अक्टोबरदेखि ३१ डिसेम्बरसम्म हुने छ। उक्त समय अवधिमा देश फर्किन चाहाने गैरकानूनी हैसियतका कामदारलाई सरकारले बिना कैद र बिना जरिवानासहित आममाफी दिएको कतारको आन्तरिक (गृह) मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कतारको आवासीय अनुमति पत्र (कतार आइडी) म्याद सकिएका, वर्क परमिट बिना काम गरिरहेका र पारवारिक भिसाको नियम उल्लघंन गरेका आप्रवासी श्रमिकलाई आममाफीको व्यवस्था गरिएको हो ।

आममाफी प्रकृयामा सहभागी हुन त्यस्ता कामदारले सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल , उम सुनैम ( पहिलेऔधोगिक क्षेत्र) , मेसाइमिर , अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ देखि बेलुका ६ बजेसम्म नाम दर्ता गराउनु पर्नेछ।

२०१५ को कानून नं २१ को ‘मेलमिलाप’ प्रावधान अनुसार यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । आममाफी कार्यक्रममार्फत कतारमा रहेका थुप्रै अवैधानिक नेपाली कामदारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ।-साभार प्रवासखबरबाट


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...