Wednesday 29th October 2025

गैरकानुनी रूपमा कतारमा रहेका आप्रवासी कामदारलाई आममाफी


तितोपाटी- कतारमा अवैधानिक रुपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकलाई सरकारले आममाफी दिने भएको छ।

सरकारले आममाफीका लागि एक समय सीमा तोकेको छ। आममाफीको समय १० अक्टोबरदेखि ३१ डिसेम्बरसम्म हुने छ। उक्त समय अवधिमा देश फर्किन चाहाने गैरकानूनी हैसियतका कामदारलाई सरकारले बिना कैद र बिना जरिवानासहित आममाफी दिएको कतारको आन्तरिक (गृह) मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कतारको आवासीय अनुमति पत्र (कतार आइडी) म्याद सकिएका, वर्क परमिट बिना काम गरिरहेका र पारवारिक भिसाको नियम उल्लघंन गरेका आप्रवासी श्रमिकलाई आममाफीको व्यवस्था गरिएको हो ।

आममाफी प्रकृयामा सहभागी हुन त्यस्ता कामदारले सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल , उम सुनैम ( पहिलेऔधोगिक क्षेत्र) , मेसाइमिर , अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ देखि बेलुका ६ बजेसम्म नाम दर्ता गराउनु पर्नेछ।

२०१५ को कानून नं २१ को ‘मेलमिलाप’ प्रावधान अनुसार यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । आममाफी कार्यक्रममार्फत कतारमा रहेका थुप्रै अवैधानिक नेपाली कामदारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ।-साभार प्रवासखबरबाट


सम्बन्धित शीर्षकहरु

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ ।…

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान…

पाकिस्तानी मिडियाका अनुसार इस्लामाबादले आतंकवाद विरोधी प्रयासहरूमा सहयोग सहित प्रमुख सुरक्षा मुद्दाहरूमा तालिबानले "अतार्किक र अलग" अडान लिएको आरोप लगाएपछि…

प्रतिकृयाहरू
...