Thursday 18th June 2026

कांग्रेसको सडक राजनीति ‘बिरोधको लागि बिरोध’


तितोपाटी – प्रमुख प्रतिपक्षी पार्ट नेपाली कांग्रेस हाल सदन र सडक दुवैमा सरकारको विरोधमा उत्रिएको छ । कांग्रेसको अहिलेको गतिविधि हेर्दा कुनै एजेण्डा लिएर बिरोध गर्नु भन्दा पनि प्रतिपक्षले ‘बिरोधका लागि बिरोध’ जनाए जस्तै भएको छ । सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै यतिखेर प्रमुख प्रतिपक्षी दल कांग्रेस प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोध र्‍याली सुरु भएको छ। सरकारविरुद्ध आन्दोलित कांग्रेसले आज देशभरी विरोधका कार्यक्रम गरिरहेको छ। काठमाडौंमा विरोधका कार्यक्रमअन्तर्गत भोटाहिटीबाट विरोध र्‍याली सुरु भएको छ।

गतीलो एजेण्डा बिना नै प्रदर्शनमा उत्रीएको कांग्रेससँग गोविन्द केसीको अनसन र निषेधित क्षेत्रको मुद्धा सकिएपछि खासै गतिलो नारा समेत छैन। उसले सभामुख र उपसभामुख अलग पार्टीको हुनुपर्ने मागलाई आन्दोलनको बिषय बनाएको छ। उसले अगाडि सारेका मागमा सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने , अधिकार केन्द्रीकरण गर्नु नहुने, शक्ति पृथकिकरणको सम्मान गरिनु पर्ने, संबैधानिक निकायलाई कार्यकारीको छाँयामा पार्नु नहुने, , बिधिसम्मत तरिकाले अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्नु नहुने लगायत छन् ।

कांग्रेसले अगाडि सारेका मागहरु जुन जनताको दैनिकीसँग जोडिएका छैनन्।एजेण्डा बिनाको कांग्रेसको आन्दोलनले आन्दोलनको नै बेईज्जत गरेको प्रतिबिम्बीत हुन्छ ।विरोध प्रदर्शनमा कांग्रेसले देशभर तीन लाख लाख बढी कार्यकर्ता सडकमा उतार्ने योजना बनाएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...