Saturday 22nd August 2026

कुवेतमा अवैध कामदारलाई धरपकड शुरु,ठुलो संख्यामा आप्रवासीहरु पक्राउ


तीतोपाटी डटकम- नेपालीहरुका लागि खाडी क्षेत्रको रोजगार गन्तव्य मध्येमा पर्ने कुवेतले आवासीय अनुमति पत्र (भिसा/अकामा) सम्बन्धी प्रचलित कानुन उल्लंघन गरी बसोबास गरिरहेका विदेशी कामदारविरुद्ध १४,सेप्टेम्बर,२०२१ मंगलवारदेखी विदेशी कामदारलाई धरपकड गर्ने अभियानलाई तीव्र बनाएको छ ।

यो संगै कुवेतद्वारा प्रतिबन्धित नियमावलीको उल्लंघन गरी कुवेतमा बसिरहेका आप्रवासी नागरिकहरु धरपकडको निशानामा परेका छन। नेपाली पनि यसबाट प्रभावित हुनेछन्। एकिन संख्या उपलब्ध नभए पनि हजारौं नेपाली गैरकानुनी रुपमा कुवेतमा बसिरहेको अनुमान छ।

यस अघी कोरोना कहरको बिचमा पनि कुवेत सरकारले पटक-पटक गरी अवैधानिक आप्रवासीहरुलाई वैधानिक बन्न वा जरिवाना तिरेर मुकुल छाड्न सुविधा दिएको थियो।

कुवेतमा ३४ लाखको हाराहारीमा कार्यरत आप्रवासी रहेका छन। कुवेतले अवैध रुपमा बसोबास गरिरहेका आप्रवासीलाई २०२० को एप्रिल महीनामा कुवेत सरकारले झण्डै ३० दिनको आममाफी दिएको थियो।एप्रिल एक देखी एप्रिलको ३० तारिक सम्म, त्यस्तै नेपालीको लागी भने कुवेतले अप्रिल २६ देखि ३० सम्म चार दिनको समय दिएको थियो उक्त अवधी भित्र २८ सय भन्दा बढ़ी नेपाली घर फर्किएका थिए भने अन्य देशका नागरिक सहित ठुलो संख्यामा देश छाडेका थिए।

आममाफी सकिए पछी पुन कुवेत सरकारले पटक पटक स्वदेश फ़र्किने मौका नदिएको पनी होईन। बारम्बार वैधानिक बन्न दिएको समय सकिएलगत्तै कुवेले धरपकड गरी स्वदेश पठाउने अभियानलाई तीव्रता दिएको हो ।

बिगत तिन दिन देखी धरपकड अभियान थालेको कुवेत सरकारले आज सम्म कुवेतको विभिन्न क्षेत्रमा ३२७ जनालाई पक्राउ गरेको छ। उक्त पक्राउ पर्ने हरुमध्य धेरै जसो भिसा समाप्त भई अवैधानिक भएका हरु छन भने बाँकी अन्य विभिन्न किसिमको आरोपमा पक्राउ परेका छन।

कुवेत सरकारले सुरु गरेको धरपकडमा आज सम्म के कती जना नेपालीलाई पक्राउ गरेको छ भन्ने बारे यकिन हुन सकेको छैन। पक्राउ परेका आप्रवासीहरुलाई डिपोर्टेसन सेन्टर -घरफिर्ती केन्द्र) मा राखेर स्वदेश पठाउने अभियान रहेको बताइएको छ।

कुवेतमा कुल अवैधानिक प्रवासीको संख्या?
कुवेतमा नेपाली सहित अन्य मुकुलका नागरिक अहिले पनी एक लाख पचास हजारको संख्यामा अवैधानिक रूपमा बसोबास गर्दै आएका छन।


सम्बन्धित शीर्षकहरु

साउदी अरबको कच्चा तेल बोकेको ‘SERENO’ नामक तेल ट्यांकरले अमेरिकी समर्थनमा सञ्चालन गरिएको सुरक्षा करिडोर प्रयोग गर्दै होर्मुज जलडमरूमध्य पार…

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

प्रतिकृयाहरू
...