Monday 30th March 2026

संखुवासभामा अज्ञात समुहद्वारा एकै परिवारका ६ जनाको हत्या


तीतोपाटी – संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले आइतबार राति धारिलो हतियार प्रयोग गरी स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

छिमेकीले सोमबार बिहान मात्र घटना भएको थाहा पाएपछि प्रहरीलाइ खबर गरेका थिए । हत्या भएकाहरूमा ५८ वर्षीय तेजबहादुर कार्कीसहित उनकी आमा ८० वर्षीया पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको प्रहरीले जनाएको छ । मृतकहरुको शव घर वरिपरि फालिएको अवस्थामा भेटिएको छ । तेजबहादुरका बुवा ८९ वर्षीय बौद्धमान कार्की भने सकुशल रहेको प्रहरीले जनाएको छ। रञ्जनाका श्रीमान् रमेश कार्की हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् ।

घटनाको थप विवरण बुझ्न डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थलतर्फ गएको छ । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न कम्तीमा ६ घण्टा लाग्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली भने घटनास्थल पुगेको छ ।

 

 


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...