Wednesday 5th November 2025

नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै


तितोपाटी- नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह साढे पाँच बजे प्रतिस्पर्धा गर्न लागेको हो । घरेलु मैदानमा भारतलाई हराउने लक्ष्यमा नेपाल रहेको छ । नेपाल र भारतबीचको पहिलो खेल एक एक गोलको बराबरीमा सकिएको थियो।

सो खेलमा नेपालका लागि अन्जन विष्ट र भारतका अनिरुद्ध थापाले गोल गरेका थिए । भारतविरुद्धको हेड टु हेडमा समेत नेपाल निकै पछि रहेको छ । हालसम्म भारतले १३ खेल जितेको छ। नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ। नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो।

साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका रहेको छ।


सम्बन्धित शीर्षकहरु

ब्रह्माण्डले हामीलाई सधैं चकित पार्छ कहिले नयाँ ग्रहहरू, कहिले अनौठा ताराहरू र अब एउटा तारा जसको भोक "मृत्यु" पछि पनि…

ब्रह्माण्डमा जीवनको बारेमा हामीले सोचेका सबै कुरालाई चुनौती दिने खोजमा, अनुसन्धानकर्ताहरूले २ अर्ब वर्षभन्दा पुरानो उल्कापिण्डमा मानव डीएनएको निशान पहिचान…

तितोपाटी- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट दलले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पार्टीको…

प्रतिकृयाहरू
...