Sunday 9th August 2026

अन्तर्राष्ट्रिय अपराध र सुधार विषयक कविता संग्रह प्रकाशित गरिने


तीतोपाटी डटकम-समाचारदाता-‘अपराध र सुधार’ विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित हुने भएको छ। विश्वमा देखापरेको आपराधिक गतिविधि र समाधानका विषयलाई कवितामा समेट्न लागिएको हो ।

मानिसले आफ्नो स्वार्थका लागि अपराधलाई माध्यम बनाउन थालेका छन् । यस्तो असामाजिक क्रियाकलापबाट समाजलाई खबरदारी गर्न तथा समाजमा जनचेतना जगाउन र सुधारका विकल्पहरु पहिल्याउन कवितालाई माध्यम बनाउने उदेश्यका साथ म्याडिसन कोठे गोष्ठी, अमेरिका र अनेसासको सहकार्यमा अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित गर्ने योजना बनाइएको हो ।

उक्त कार्य सम्पन्न गराउन तथा सङ्ग्रह प्रकाशित गर्न ‘अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशन समिति’ गठन भएको छ । कविलाई सन्देशको संवाहक मानिन्छ, जसको सिर्जनाले समाजलाई सचेतमात्र गराउँदैन वास्तविकता पहिल्याउन प्रेरणा पनि दिने गर्दछ । यही उदेश्यका साथ यो कविता संग्रह प्रकाशित गर्ने योजना बनाइएको छ । आव्हान गरेर प्राप्त भएका कविताहरुलाई मूल्याङ्कन समितिका माध्यमबाट छनोट गरी संग्रहका रुपमा प्रकाशित गरेर समाजलाई सचेत गराउने र असामाजिक तत्वलाई खबरदारी गर्ने उदेश्यका साथ कविता आव्हान गरिएको छ । यसका लागि सर्जकले आफ्ना कविता विश्वका विभिन्न सहरहरुमा स्थापित अनेसासका च्याप्टरहरुमा वा सोझै समितिको ईमेल [email protected]  मा २०२१ अक्टुबर २० सम्ममा बुझाउनु पर्ने छ ।

‘अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशन समिति’ सदस्यहरु ।

संयोजक ः डा. गोबिन्दसिंह रावत, क्यानडा
उप–संयोजक ः श्री एकबहादुर क्षत्री, मेडिसन, अमेरिका
सदस्य ः श्री गोवर्द्धन पूजा, वरिष्ठ उपाध्यक्ष, अनेसास, बोस्टन, अमेरिका
सदस्य ः श्री सर्वज्ञ वाग्ले, महासचिव, अनेसास, क्यालिफोर्निया, अमेरिका
सदस्य ः श्री दिनार श्रेष्ठ, मेडिसन, अमेरिका
सदस्य ः श्री महेश्वर पन्त, अत्तरअमेरिकासंयोजक, एनआरएन भाषा साहित्य
समिति, बोस्टन, अमेरिका
सदस्य ः श्री निजानन्द मल्ल, अनेसास, फ्लोरिडा, अमेरिका
सदस्य ः श्री सन्ध्या पहाडी, अध्यक्ष, अनेसास नेपाल च्याप्टर
सदस्य ः श्री रञ्जना निरौंला, अनेसास, नेपाल


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा सुरक्षा र कूटनीतिक तनाव थप बढ्दै गएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान प्रान्तस्थित अरामको तेल केन्द्रमा आक्रमण…

सन् २०२६ को बहुप्रतीक्षित पूर्ण सूर्यग्रहण यहि अगस्ट १२ मा हुने भए पनि एशियाका अधिकांश देशबाट भने यसको पूर्ण दृश्य…

फिलिपिन्समा दक्षिणपश्चिमी मनसुन र उष्णकटिबन्धीय चक्रवातको प्रभावका कारण ३ लाख ८० हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार…

प्रतिकृयाहरू
...