Saturday 5th July 2025

अन्तर्राष्ट्रिय अपराध र सुधार विषयक कविता संग्रह प्रकाशित गरिने


तीतोपाटी डटकम-समाचारदाता-‘अपराध र सुधार’ विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित हुने भएको छ। विश्वमा देखापरेको आपराधिक गतिविधि र समाधानका विषयलाई कवितामा समेट्न लागिएको हो ।

मानिसले आफ्नो स्वार्थका लागि अपराधलाई माध्यम बनाउन थालेका छन् । यस्तो असामाजिक क्रियाकलापबाट समाजलाई खबरदारी गर्न तथा समाजमा जनचेतना जगाउन र सुधारका विकल्पहरु पहिल्याउन कवितालाई माध्यम बनाउने उदेश्यका साथ म्याडिसन कोठे गोष्ठी, अमेरिका र अनेसासको सहकार्यमा अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित गर्ने योजना बनाइएको हो ।

उक्त कार्य सम्पन्न गराउन तथा सङ्ग्रह प्रकाशित गर्न ‘अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशन समिति’ गठन भएको छ । कविलाई सन्देशको संवाहक मानिन्छ, जसको सिर्जनाले समाजलाई सचेतमात्र गराउँदैन वास्तविकता पहिल्याउन प्रेरणा पनि दिने गर्दछ । यही उदेश्यका साथ यो कविता संग्रह प्रकाशित गर्ने योजना बनाइएको छ । आव्हान गरेर प्राप्त भएका कविताहरुलाई मूल्याङ्कन समितिका माध्यमबाट छनोट गरी संग्रहका रुपमा प्रकाशित गरेर समाजलाई सचेत गराउने र असामाजिक तत्वलाई खबरदारी गर्ने उदेश्यका साथ कविता आव्हान गरिएको छ । यसका लागि सर्जकले आफ्ना कविता विश्वका विभिन्न सहरहरुमा स्थापित अनेसासका च्याप्टरहरुमा वा सोझै समितिको ईमेल [email protected]  मा २०२१ अक्टुबर २० सम्ममा बुझाउनु पर्ने छ ।

‘अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशन समिति’ सदस्यहरु ।

संयोजक ः डा. गोबिन्दसिंह रावत, क्यानडा
उप–संयोजक ः श्री एकबहादुर क्षत्री, मेडिसन, अमेरिका
सदस्य ः श्री गोवर्द्धन पूजा, वरिष्ठ उपाध्यक्ष, अनेसास, बोस्टन, अमेरिका
सदस्य ः श्री सर्वज्ञ वाग्ले, महासचिव, अनेसास, क्यालिफोर्निया, अमेरिका
सदस्य ः श्री दिनार श्रेष्ठ, मेडिसन, अमेरिका
सदस्य ः श्री महेश्वर पन्त, अत्तरअमेरिकासंयोजक, एनआरएन भाषा साहित्य
समिति, बोस्टन, अमेरिका
सदस्य ः श्री निजानन्द मल्ल, अनेसास, फ्लोरिडा, अमेरिका
सदस्य ः श्री सन्ध्या पहाडी, अध्यक्ष, अनेसास नेपाल च्याप्टर
सदस्य ः श्री रञ्जना निरौंला, अनेसास, नेपाल


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा…

गुलाम नवी मन्सुर - विद्यादेवी भण्डारीको यात्रा कुनै सामान्य राजनीतिक इतिहास होइन। एउटा विद्यार्थी नेतृबाट सुरु भएको यो यात्रा आज…

एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले पराजित गरेको छ  । उज्वेकिस्तानमा भएको खेलमा नेपालले…

प्रतिकृयाहरू
...