Tuesday 26th August 2025

क्यान्सर पीडित भुलको उपचारार्थ बेलायतबाट सहयोग


तितोपाटी – क्यान्सर पीडित कटि भुलको उपचारार्थ बेलायतबाट दुइ लाख एकसठी हजार  सहयोग उपलब्ध गराइएको छ ।

गरीबिका कारण उपचार गर्न नसकेपछि स्वदेश तथा विदेशका सहयोगदाताको साथ सहयोग र समर्थनमा काठमाण्डाैं ल्याएर उपचार गराइंदै गरिएका बैतडीका क्यान्सर पीडित कटि भुलको उपचार सहयोगार्थ  बेलायतमा रहेकी इशा गुरूङले बेलातमा रहेका नेपालीहरूमाझ अर्थ संकलन गरि सो रकम नेपाल पठाएकी हुन ।

निस्वार्थ भावनाले गरिव दुःखीहरुको सेवामा अहोरात्र खट्ने इशा गुरूङले बेलायतमा बसे पनि नेपालमा परेका विभिन्न अापत विपद र अप्ठेरामा परेका निर्धन र असाहाय व्यक्तिहरूलार्इ समय समयमा अार्थक अभियान संचालन गरि सहयोग गर्दै अाएकी छन् ।

दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तड बैतडीका अति बिपन्न बर्गका क्यान्सर पिडित कारण कटी भुललाई आर्थिक सहयोग गर्नु पर्छ भनेर दुइ हप्ता आर्थिक अभियान चलाएर चर्चित पत्रकार रबि लामिछाने मार्फत आज हस्तान्तरण गरेकी इशा गुरुङले हालसम्म असहाय र गरीबहरुको सहयोगको लागि  करोड भन्दा बढी रकम संकलन गरि दुखि पीडितलाई हस्तान्तरण गर्दै आएकी छिन् । पछिल्लो समयमा धेरैलाई सहयोग गर्दै आएकी इशाले अहिले क्यान्सर पिडित कारण कटि भुललाई २,६१,००० {दुइ लाख एकसठ्ठी हजार}  हस्तान्तरण गरेकी हुन्  ।

नेपाली साझा मंचले भूलको उपचार जिम्मा सारदा भुसाल झालाई दिएको छ । उपचार जिम्मा लिएर रातदिन कटि भूलको सेवा गर्दै बसेकी सारदा भुसाल झा भन्नुहुन्छ करणकटि भुलकाे उपचार एक्लाे प्रयासले सम्भव नै थिएन, देश विदेशबाट यसरि सहयोग गरिदिनु हुने सम्पूर्ण मनकारी नेपाली मनहरूलाई साथै बिशेष गरि युके निवासी इशा गुरुङलाई धन्यबाद ज्ञापन गरेकी छन् ।


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...