Wednesday 14th October 2026

प्रेम प्रकाश पौडेलको कविता “भानुको सम्झनामा”


तनहुँ प्यारो रम्घा गाउँ उसैमा जन्मेका भानु
लेकबेंसी बगर गोठाला गर्दै हुर्केका ती भानु!!
मेलापात पूजा भजनमा शिलोक ति गाउँदथे
ब्रम्हज्ञान थियो उनी सङ्ग त्रिलोक नै जान्दथे!!

श्रीकृष्ण थिए जो पितामह दुनियाँले पुज्दथे
उनैको दिब्यज्ञान भानुले सब संस्कृत बुज्दथे!!
उल्था गरे सरल लयमा संस्कृतको रामायण
नेपाली भाषा बिज्ञानमा पुरस्कृतको रामायण!!

छोटा मिठा चिरिच्याट्ट लयका कविताहरु लेखेर
सुनाउँथे जनमा तत्काल श्लोकलहरी वरिपरी देखेर!!
बाँसको सपेटामा बाँसैको लेखनी मोसोको मसीले
अनेकौं ग्रन्थ सालको खोटो बाली भावका कसीले!!

दिए ‘आदिकवी’उपाधि मोतीले १९४८ सालमा
सजिलो कहाँ थियो र राणाहरुको त्यो कालमा!!
उनका पनि त खोसिए जागिर लान्छना लगाई
बिताए काल कठोरीमा पल परन्तु ज्ञान जगाई !!

नभुलौं नेपाली जनले कदापी भाषा यो संस्कृति
रहेसम्म ब्रम्हाण्ड मानवजाती अनि हाम्रो प्रकृति!!
लालित्य सरलता विचारका मिठास छन् कृतिमा
जानी नजानी एतिसम्म लेखेँ उनको यो स्‍मृतिमा।।

प्रेम प्रकाश पौडेल
भरतपुर १६, रामपुर
चितवन


सम्बन्धित शीर्षकहरु

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

प्रतिकृयाहरू
...