Saturday 29th August 2026

कथाकार नारायण कोइरालाको कथामा युएइमा नेपाली युवाले बनाए छोटो चलचित्र


तीतोपाटी – वैदेशिक रोजगारीका शिलशिलामा युएइमा रहि कथा, कविता, गीत, गजल एवं समसामयिक लेख लेख्दै अाएका प्रवासी युवा नारायण कोइरालाले लेखेको कथामा युएइमा रहेका नेपाली युवले छोटो चलचित्र (Short Movie) बनाएका छन् ।

नारायण कोइरालाको कथा र गिरीश भण्डारीको निर्देशनमा सट मुभी “आइफोन” तयार भएर  सी नेपाल वानको युटुब च्यानलमा अपलोड भएको छ। यो चलचित्र प्रवासमा बस्ने युवाको लेखन तथा परदेशी युवाको निर्देशनमा भएकोले कथा बस्तु परदेशी जीवन सत्यतामा आधारित छ।

परदेशमा कोरोना कहर बीच कस्तो समस्या झेल्न परेको छ भन्ने यसको एउटा पक्ष हो ।अर्को पक्ष विदेशमा जाने बित्तिकै पैसा कमाउन सजिलो छ भन्ने भ्रमको पनि यस चलचित्रमा चित्रण गरिएको छ।

यस चलचित्रका कलाकारहरुमा निर्देशक स्वयं गिरीश भण्डारी, जनक भण्डारी, जीवन पाण्डेय र सन्तोष भण्डारी रहेका छन् ।परदेशको व्यस्तताको बावजुत पनि परदेशमा रहेका नेपालीको समस्यालाई उजागर गर्नु आफैमा एउटा राम्रो काम मान्न सकिन्छ।बाँकी भिडियोमा हेर्नुहोस।

 


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गरिएको पूरक निवेदनमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेपछि गगन थापा नेतृत्वको कार्यसमितिलाई…

नेपालको भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार, खोजी तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग बढ्दै गएको छ।…

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले दोस्रो दिन पनि तीव्र रूपमा प्रयास जारी राखेको छ।…

प्रतिकृयाहरू
...