Saturday 31st October 2026

कथाकार नारायण कोइरालाको कथामा युएइमा नेपाली युवाले बनाए छोटो चलचित्र


तीतोपाटी – वैदेशिक रोजगारीका शिलशिलामा युएइमा रहि कथा, कविता, गीत, गजल एवं समसामयिक लेख लेख्दै अाएका प्रवासी युवा नारायण कोइरालाले लेखेको कथामा युएइमा रहेका नेपाली युवले छोटो चलचित्र (Short Movie) बनाएका छन् ।

नारायण कोइरालाको कथा र गिरीश भण्डारीको निर्देशनमा सट मुभी “आइफोन” तयार भएर  सी नेपाल वानको युटुब च्यानलमा अपलोड भएको छ। यो चलचित्र प्रवासमा बस्ने युवाको लेखन तथा परदेशी युवाको निर्देशनमा भएकोले कथा बस्तु परदेशी जीवन सत्यतामा आधारित छ।

परदेशमा कोरोना कहर बीच कस्तो समस्या झेल्न परेको छ भन्ने यसको एउटा पक्ष हो ।अर्को पक्ष विदेशमा जाने बित्तिकै पैसा कमाउन सजिलो छ भन्ने भ्रमको पनि यस चलचित्रमा चित्रण गरिएको छ।

यस चलचित्रका कलाकारहरुमा निर्देशक स्वयं गिरीश भण्डारी, जनक भण्डारी, जीवन पाण्डेय र सन्तोष भण्डारी रहेका छन् ।परदेशको व्यस्तताको बावजुत पनि परदेशमा रहेका नेपालीको समस्यालाई उजागर गर्नु आफैमा एउटा राम्रो काम मान्न सकिन्छ।बाँकी भिडियोमा हेर्नुहोस।

 


सम्बन्धित शीर्षकहरु

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

कुवेतको मुत्ला क्षेत्रमा निर्माणाधीन भवनको सुरक्षा जिम्मेवारी सम्हालिरहेका एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। कुवेतको…

प्रतिकृयाहरू
...