Tuesday 20th January 2026

कविताः याद -हिरनमयी आचार्य शर्मा


धड्कन बिनाको मेरो दिल ,
तिम्रै लागि लाश भएर रहेको छ,
अन्तिम दर्शन पाउनलाई आश बनाई बसेको छ ।
ति सुनौला बितायेका पलहरु हाम्रा ,
(जुन बेला मेरो काखबाट
आँगनमा खेल्न थालेका थिए)२,
झर्झराउँदा ती अनुहारमा,
लालीमा पोत्तिएका थिये।
हाम्रा चार आँखा जुधेका थिए,
आजसम्म तिनै दिन समझिदै बसेकिछु ।
धड़कन बिनाको त्यो मेरो दिल लिएर ।
त्यो दिन हामीलाई भविष्यको चिन्ता थियो
न त वर्तमान को चिन्ता थियो ,
दूई तन- मन एक हुनेमात्रै इच्छा थियो ।
बस हामी बग्दै गएऊ ,
हाम्रो मायामा कहाँ तिमी कहाँ म ,
भएर पनि बगिउ , हाँसिउ , उम्लिऊ,
पोक्खिऊ , दिनहरु ढलदै गए,
साल बित्तै गये हाम्रा ।
आज झलझली याद आँगालोमा ,
बोकि , म जीवनको तितो-मिठो ,
चाख्दै छु आझै , खै तिमीले
कहिले डाकछौ भनेर ,
मात्र नाँग्लोभरि यादहरु बोकेर।
याद मात्रै बोकेर ।

हिरनमयी आचार्य शर्मा
गुवाहाटी,असम,भारत।
१६ जुलाई २१ ‌।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...