Friday 21st August 2026

कविताः याद -हिरनमयी आचार्य शर्मा


धड्कन बिनाको मेरो दिल ,
तिम्रै लागि लाश भएर रहेको छ,
अन्तिम दर्शन पाउनलाई आश बनाई बसेको छ ।
ति सुनौला बितायेका पलहरु हाम्रा ,
(जुन बेला मेरो काखबाट
आँगनमा खेल्न थालेका थिए)२,
झर्झराउँदा ती अनुहारमा,
लालीमा पोत्तिएका थिये।
हाम्रा चार आँखा जुधेका थिए,
आजसम्म तिनै दिन समझिदै बसेकिछु ।
धड़कन बिनाको त्यो मेरो दिल लिएर ।
त्यो दिन हामीलाई भविष्यको चिन्ता थियो
न त वर्तमान को चिन्ता थियो ,
दूई तन- मन एक हुनेमात्रै इच्छा थियो ।
बस हामी बग्दै गएऊ ,
हाम्रो मायामा कहाँ तिमी कहाँ म ,
भएर पनि बगिउ , हाँसिउ , उम्लिऊ,
पोक्खिऊ , दिनहरु ढलदै गए,
साल बित्तै गये हाम्रा ।
आज झलझली याद आँगालोमा ,
बोकि , म जीवनको तितो-मिठो ,
चाख्दै छु आझै , खै तिमीले
कहिले डाकछौ भनेर ,
मात्र नाँग्लोभरि यादहरु बोकेर।
याद मात्रै बोकेर ।

हिरनमयी आचार्य शर्मा
गुवाहाटी,असम,भारत।
१६ जुलाई २१ ‌।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...