Wednesday 14th January 2026

३० जना प्रदर्शनकारी डाक्टरहरू प्रहरी हिरासतमा, हिरासतमै धर्ना


तितोपाटी – प्रहरीले करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ ।महाराजगञ्जबाट प्रधानमन्त्री क्वार्टर तर्फ प्रदर्शन गर्न जान लागेका उनीहरूलार्इ महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर सामान्य झडप भएको थियो ।


त्यसपछि प्रहरीले करिब ३० जना चिकित्सकहरुलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेर राखेको थियो । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । पक्राउ परेकाहरु पुलिस क्लबभित्रै धर्नामा बसेका छन् ।

आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनरत छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...