Wednesday 6th November 2024

सरकार र डा. गोविन्द केसी समर्थकबिच सिंहदरवारमा बार्ता


तितोपाटी – २६ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी पक्षबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ ।

बिहान ९ बजे हुने भनिउको वार्ता दिउँसो साढे १ बजेपछि मात्रै सुरु भएको हो । निर्णायक भनिएको वार्ताअघि सरकारी टोलीले प्रधानमन्त्री र शिक्षा मन्त्रीसहितका सरकारी अधिकारीसँग परामर्श गर्दा दुई पक्षबीचको वार्तामा ढिलाइ भएको हो ।

यो वार्तामा सरकारको तर्फबाट टोलीका संयोजक शिक्षा सचिव खगराज बराल, सह-सचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयका सह-सचिव गुणराज लोहनी सहभागी छन् ।

त्यसैगरी डा. केसी पक्षबाट टोलीका संयोजक अभिषेकराज सिंह, डा. जीवन क्षेत्री, अधिवक्ता ओमप्रकाश अर्याल, कानून व्यवसायी सुरेन्द्र भण्डारी र डा. सुमित पाण्डे छन् ।

दुई पक्षबीचको पाँच दिन लामो संवादहीनता मंगलबार तोडिएको थियो । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसभामुख सुवास नेम्बाङले पहल गरेपछि मंगलबार चौथो वार्ता दुई पक्षबीच भएर केही विषयमा सहमति पनि भएको थियो ।

मंगलबार भएको चौथो वार्तामा केही विषयमा दुवै पक्ष सहमत भएको र बाँकी बिषयमा बुधबार (आज) वार्तामा बसेर निचोडमा पुग्ने जनाइएको थियो । मंगलबारको वार्ताअघि नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माथेमा आयोगका संयोजक डा केदारभक्त माथेमासहितसँग परामर्श गरेका थिए ।

चौथो वार्ताअघि संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयकलाई विज्ञको सुझाव र डा केसीको मागका आधारमा संशोधनका बुँदामाथि छलफल भएको थियो । हिजै दुवै पक्षले निकालेको विज्ञप्तीमा सकारात्मक भएको जनाउँदै चाँडै निचोड निस्कने बताएका थिए ।

२६ दिनदेखि अनशनरत डा. केसीको अवस्था नाजुक भइरहेका बेला सरकारले वार्तालाई अघि बढाएर टुंग्याउन चाहेको हो । मंगलबारकै बिन्दुबाट अघि बढेमा आजै सहमति भएर केसीको अनशन तोडिने अनुमानग गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- विदेशी रोजगारका लागि खाडी मुलुकतर्फ गइरहेका हजारौं नेपालीहरू हरेक वर्ष आफ्ना सपना र आशा बोकेर नेपाली विमानस्थलबाट…

विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ। अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र…

टोरन्टो, क्यानडा: क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतवार टोरन्टो नजिकैको हिन्दू मन्दिरमा "अस्वीकार्य" हिंसाको रूपमा निन्दा गरेका छन । केही नेताहरूले…

प्रतिकृयाहरू
...