Wednesday 28th October 2026

तेस्रो डोजको लागि अनुमति माग्ने फाइजरको तयारी


 अमेरिकी औषधि कम्पनी फाइजरले अमेरिकामा आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको तेस्रो डोजको लागि अनुमति माग्ने तयारी गरेको छ । कम्पनीले १२ महिनाभित्र थप एक डोज दिनाले कोरोनाविरुद्धको प्रतिरोधी क्षमता नाटकीय रुपमा बढ्न सक्ने बताएको छ ।फाइजरले तेस्रो डोज खोप दिँदा डेल्टा भेरियन्टबाट हुने संक्रमणबाट पनि बचाउन पनि सहयोग पुग्नेछ । धेरै मुलुकमा गरिएको अध्ययनको क्रममा फाइजरको खोप डेल्टा भेरियन्टको संक्रमण रोक्न पनि निकै प्रभावकारी देखिएको पाइएको छ ।

पहिलोपटक भारतमा देखिएको डेल्टा भेरियन्ट अहिले विश्वभर तीव्र गतिमा फैलिएको छ । अमेरिकामा पछिल्लो समय भेटिएका नयाँ संक्रमितमध्ये अधिकांशमा डेल्टा भेरियन्ट देखिएको छ ।अहिले विश्वभर उपलब्ध अधिकांश खोपको दुई डोजले डेल्टा भेरियन्ट मात्र नभई सबै संस्करणविरुद्ध लड्न महत्वपूर्ण एन्टिबडी बनाउँछन् । यद्यपि, अझै पनि विश्वका अधिकांश मानिसले कोरोनाको पहिलो डोज पनि पाएका छैनन् । यद्यपि समयसँगै विस्तारै कोरोनाविरुद्धको एन्टिबडी पनि घट्दै जाने हुँदा तेस्रो डोजको आवश्यकता कतिबेला पर्छ भनेर पत्ता लगाउने प्रयास चलिरहेको छ ।

बिहीबार फाइजरका मिकेल डोलस्टनले तेस्रो डोज कोरोना खोप लिँदा शरीरमा एन्टिबडीको स्तर पाँचदेखि १० गुणसम्म बढ्न सक्ने बताए । आगामी अगष्टमा कम्पनीले तेस्रो डोजको लागि अनुमति लिन आवेदन दिने योजना बनाइरहेको छ । इजरायलले सार्वजनिक गरेको तथ्यांकतर्फ इशारा गर्दै डोलस्टनले भने, ‘तेस्रो डोजले डेल्टा भेरियन्टलाई प्रभावकारीअ रुपमा रोक्न सक्छ ।’ उनका अनुसार एन्टिबडी निकै कम भएपछि डेल्टा भेरियन्टको संक्रमण हुने र यसमा सामान्य लक्षण मात्र देखिने बताए । एजेन्सीहरुको सहयोगमा तयार समाचार अनलाइन खबर बाट साभार गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...