Tuesday 28th April 2026

तेस्रो डोजको लागि अनुमति माग्ने फाइजरको तयारी


 अमेरिकी औषधि कम्पनी फाइजरले अमेरिकामा आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको तेस्रो डोजको लागि अनुमति माग्ने तयारी गरेको छ । कम्पनीले १२ महिनाभित्र थप एक डोज दिनाले कोरोनाविरुद्धको प्रतिरोधी क्षमता नाटकीय रुपमा बढ्न सक्ने बताएको छ ।फाइजरले तेस्रो डोज खोप दिँदा डेल्टा भेरियन्टबाट हुने संक्रमणबाट पनि बचाउन पनि सहयोग पुग्नेछ । धेरै मुलुकमा गरिएको अध्ययनको क्रममा फाइजरको खोप डेल्टा भेरियन्टको संक्रमण रोक्न पनि निकै प्रभावकारी देखिएको पाइएको छ ।

पहिलोपटक भारतमा देखिएको डेल्टा भेरियन्ट अहिले विश्वभर तीव्र गतिमा फैलिएको छ । अमेरिकामा पछिल्लो समय भेटिएका नयाँ संक्रमितमध्ये अधिकांशमा डेल्टा भेरियन्ट देखिएको छ ।अहिले विश्वभर उपलब्ध अधिकांश खोपको दुई डोजले डेल्टा भेरियन्ट मात्र नभई सबै संस्करणविरुद्ध लड्न महत्वपूर्ण एन्टिबडी बनाउँछन् । यद्यपि, अझै पनि विश्वका अधिकांश मानिसले कोरोनाको पहिलो डोज पनि पाएका छैनन् । यद्यपि समयसँगै विस्तारै कोरोनाविरुद्धको एन्टिबडी पनि घट्दै जाने हुँदा तेस्रो डोजको आवश्यकता कतिबेला पर्छ भनेर पत्ता लगाउने प्रयास चलिरहेको छ ।

बिहीबार फाइजरका मिकेल डोलस्टनले तेस्रो डोज कोरोना खोप लिँदा शरीरमा एन्टिबडीको स्तर पाँचदेखि १० गुणसम्म बढ्न सक्ने बताए । आगामी अगष्टमा कम्पनीले तेस्रो डोजको लागि अनुमति लिन आवेदन दिने योजना बनाइरहेको छ । इजरायलले सार्वजनिक गरेको तथ्यांकतर्फ इशारा गर्दै डोलस्टनले भने, ‘तेस्रो डोजले डेल्टा भेरियन्टलाई प्रभावकारीअ रुपमा रोक्न सक्छ ।’ उनका अनुसार एन्टिबडी निकै कम भएपछि डेल्टा भेरियन्टको संक्रमण हुने र यसमा सामान्य लक्षण मात्र देखिने बताए । एजेन्सीहरुको सहयोगमा तयार समाचार अनलाइन खबर बाट साभार गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- सैनिक जीवनबाट अवकाश पाएपछि धेरैजसो मानिसको जीवन शान्त, विश्राम र पारिवारिक दायरामा सीमित हुन्छ। कतिपय त सुख–सुविधा खोज्दै शहर…

तितोपाटी-नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। गत फागुन २१ मा सम्पन्न निर्बाचनपछि समानुपातिक सांसद भएका आङ्देम्बेले…

तितोपाटी-स्थानीय तह निर्वाचन आउन एक वर्ष बाँकी छँदै राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ। रास्वपाले केन्द्रमा जस्तै स्थानीय तहमा पनि…

प्रतिकृयाहरू
...