Tuesday 6th October 2026

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको छलफल सकियो, वार्ता सकारात्मक


काठमाडौं – सत्तारुढ नेकपा (एमाले)को विवाद समाधानका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीचको वार्ता सकिएको छ।नेता भीम रावलले एकता कार्यदलको सहमति अनुसार शीर्ष नेताबीचको छलफल सकारात्मक भएको जानकारी दिए। सुरेन्द्र पाण्डेले अध्यक्ष ओली र नेपालबीच वान टु वान वार्ता भएको जानकारी दिए। नेता रावल जस्तै नेता पाण्डेलेसमेत वार्ता सकारात्मक भएको बताए ।

नेताहरुबीच भएको छलफलमा ठोस सहमति बनेको वा नबनेको भन्ने विषयमा नेताहरुले प्रष्ट रुपमा बताएका छैनन्। पार्टी एकताका लागि खाका तयार पारेर कार्यदल सदस्यले शीर्ष नेतालाई साथमा राखेर त्यसमा हस्ताक्षर गर्ने तयारी गरेका थिए।नेताहरुले वार्ता सकारात्मक भएको बताए पनि वार्ता असफल भएको स्रोतको दाबी छ । नेपाल समूहसँगको वार्ता असफल भएपछि अध्यक्ष ओलीले राति नै आफ्नो सरकारी निवास बालुवाटारमा आफ्नो समूहका नेतासँग छलफल गरेका छन् ।  कार्यदलको योजना अनुसार शीर्ष नेताको वार्तापछि एकताको मस्यौदामा हस्ताक्षर हुन नसकेको हो । बैठक स्थलबाट बाहिरिएपछि अध्यक्ष ओली र नेता नेपाल सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिन चाहेनन्। कार्यदल सदस्यले भने भोलि फेरि कार्यदलको बैठक बस्ने बताएका छन्।

‘कुराकानी सकारात्मक ढंगले अगाडि बढेको छ।’ पत्रकारसँग प्रतिक्रिया दिँदै सुरेन्द्र पाण्डेले भने, ‘भोलि कार्यदलको बैठक बस्छ।’ ओली र नेपालसँगै वार्तामा ओली पक्षका ईश्वर पोखरेल, विष्णु पौडेल सहभागी थिए भने वरिष्ठ नेता नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको उपस्थिति थियो।

-अन्नपूर्णपोष्टबाट

 


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...