Saturday 20th December 2025

मेस्सी, रोनाल्डो र एम्बाप्पे मध्ये को बन्ला यो वर्षको फिफा उत्कृष्ट खेलाडी ?


तितोपाटी – अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सी, पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोले र विश्वकप विजेता फ्रान्सका युवा स्टार केलियन एमबाप्पे द बेस्ट फिफा उत्कृष्ट पुरुष खेलाडीमा परेका छन् । मंगलबार फुटबलको सर्वोच्च निकाय फिफाले उत्कृष्ट १० पुरुष तथा महिला खेलाडीको सूची सार्वजनिक गरेकोमा मेस्सी, रोनाल्डो र एमबाप्पे उत्कृष्ट १० पुरुष खेलाडीमा परेका हुन् ।

रुसमा सम्पन्न विश्वकप फुटबल विजेता फ्रान्सका तीन खेलाडी समावेश भएका छन् । उत्कृष्ट १० पुरुष खेलाडीमा इजिप्टका स्टार खेलाडी मोहमद सलाह, विश्वकप विजेता एन्टोनि ग्रिजम्यान र राफेल भारान, गोल्डेन बुट विजेता इंग्लयान्डका ह्यारी केन पनि उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् । त्यस्तै रियल मड्रिडका मिडफिल्डर लुका मड्रिच, बेल्यिमको केभनी डी ब्रयुन, बेल्जियमकै इडेन हजार्ड उत्कृष्ट १० पुरुष खेलाडी भित्र परेका छन् ।

मेस्सी, रोनाल्डोसँग सँगै चर्चामा रहेका ब्राजेलियन स्टार विश्वकै सबै भन्दा महँगा खेलाडी नेइमार भने यो वर्षको उत्कृष्ट १० मा परेका छैनन् ।विश्वपक सुरु हुनु भन्दा अगाडि निकै चर्चामा रहेका नेइमारको विश्वकपमा उनको खेल भन्दा पनि उनको नाटक बढी चर्चामा आएका थियो । खेलको बेला बढी लडेकाले विश्वभर नै नेइमारको नाटक भनेर उनको आलोचना भएको थियो ।

मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना प्रि-क्वटरफाइनलबाटै बहिरीए पनि मेस्सीप्रति सबैले सहानुभूति देखाएका थिए । विश्वपक नजिते पनि मेस्सी सधैँ उत्कृष्ट भनेर विश्वका महान फुटबलरहरुले समेत उनको प्रशंसा गरेका थिए ।

यो वर्ष फ्रान्सका युवा स्टार एम्बाप्पे निकै चर्चित बनेका थिए । उनेका प्रर्दशनलार्इ धेरैले रुचाए र उनि सबैभन्दा महँगो युवा फुटबलर बनेका छन् ।

विश्वकपको सर्वोत्कृष्ट खेलाडीमा क्रोएसियाका कप्तान लुका मोड्रिचले घोषित भएका थिए । मोड्रिचले उत्कृष्ट खेलाडीको उपाधि गोल्डेन बल समेत पाएका थिए ।

इंगल्याण्डका कप्तान ह्यारी केनले विश्वकपको गोल्डेन बुट उपाधि प्राप्त गरेका थिए । ह्यारी केनले विश्वकपमा ६ गोल गरेका थिए । ह्यारी केन पछाडि फ्रान्सका एन्टोनी ग्रीजम्यान ४, फ्रान्सकै केलियन एमबाप्पेले, बेल्जियमका रोमेलु लुकाकु, रुसका डेनिस चेरिसेभ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि समान ४/४ गोल गरेका थिए ।

रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विश्वपको प्री क्वटरफाइनलबाट नै बाहिरिएका थिए । विश्वपकपबाट बाहिरिएपछि रोनाल्डो मड्रिडका स्टार रोनाल्डोलाई भेन्टसले ९९.२ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । भेन्टसमा अनुबन्ध भएसँगै उनी इतिहासकै चौथो महँगो फुटबल खेलाडी बनेका थिए ।

महिला तर्फ इंल्याण्डकी लुुसी ब्रोन्ज, डेनमार्ककी पर्निल हार्डर, नर्वेकी अडा हेगेर्बर्ग, फ्रान्सकी अमान्डाइन हेनरी, अस्ट्रेलियाकी समन्था केर, जापानकी साकी कुमागाइ, जर्मनीकी जेनिफर मारोज्सान, ब्राजिलकी मार्टा, अमेरिकाकी रापिनो, फ्रान्सकी वेन्डी रेनार्ड र पार्थ ग्लोरी एफसीकी परेकी छिन् ।

त्यसैगरी, फिफाले बेस्ट मेन्स कोचका लागि ११ कोचको नाम पनि सार्वजनिक गरेको छ । फिफाले आफ्ना सदस्य राष्ट्रका टिम कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्ने गर्दछ । फिफाले दुई वर्षअघि सम्म फ्रान्सको फुटबल म्यागजिनसँगको सहकार्यमा बालोन डी’ओर अवार्डको नामबाट फिफा वर्ष खेलाडीको अवार्ड वितरण गर्दे आएको थियो ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...