Friday 23rd January 2026

बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ घाइते


तीतोपाटी –  बैतडीको सिगास गाउँपालिकामा जिप दुर्घटना हुँदा घटनास्थलमा २ जना र उपचारको क्रममा १ जना गरि ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सिगास– ३ बाट डडेल्धुरा जाँदै गरेको से.१ज ७३९ नम्बरको जिप लगनबजार नजिकै दुर्घटना भएको हो ।

सिगास गाउँपालिका– ३ का अन्दाजी ४५ वर्षीय मानसिंह साउद र ६५ वर्षीय रामसिंह धामीको घटनास्थलमै र ५० वर्षीय जयसिंह धामीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

सिगास गाउँपालिका– ३ का ५५ वर्षीय कृष्ण साउद, २५ वर्षीय राजेन्द्र धामी, २० वर्षीय लोकेन्द्रसिंह धामी, ४५ वर्षीय दलवीरसिंह साउद, ४२ वर्षीय गौमती साउद, ३० वर्षीय करनसिंह धामी, ४० वर्षीय बास्मती धामी, १९ वर्षीय लोचन धामी, ४० वर्षीय शेरसिंह धामी, २० वर्षीय सरस्वती साउद र सिगास गाउँपालिका– ८ लुपुडका १० वर्षीय लक्ष्मणसिंह बोहरा  घाइते भएको प्रहरीले जनाएको छ । जिपचालक फरार रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...