Tuesday 20th January 2026

सविता के.सी. को झरना


“झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म”

झरना = १० झर

१. वैशाख जेठ निशेधाज्ञा होला जस्तो छ
असार मसान्तमा कर उठाउन खुल्ला जस्तो छ ।

२. देशमा कोरोना पोहोर पनि आको हो
बितेको सालको बन्दाबन्दीमा पनि यस्तै भएको थ्यो ।

३. सुरक्षा अपनाउनु पर्छ भन्छन्, काठमाडौँ बसेर फुक्छन्
रोगको कुरा अर्कै आधा जनता खान नपाएर सुक्छन् ।

४. परदेशी भूमिमा सङ्घर्षरत छन् जनताहरू
त्यसको रेमिट्यान्स हात पार्न लालाहित नेताहरू ।

५. श्रमशक्ति खेर गइरहेछ, जमिन बाँझो छ
राज गर्ने नेताजीको बुद्धि बोधो छ ।

६. गाउँगाउँमा बाँझो जमिन बीउ खोजिरहेछ
परिश्रमी युवा हात परदेशको बाटो रोजिरहेछ ।

७. नीति बन्छन् देशमा सधैं आयातको
पसिनाको विक्रि युवा निर्यातको ।

८. रोगलेभन्दा रोकले काम अड्कियो
गर्छुभन्ने परिश्रमी हात अन्तै भड्कियो ।

९. कोरोना पनि तातेरै आएछ
भेटेजति सबैलाई खाएछ ।

१०. देशमा नीति छिनछिनमै फेरिन्छ
हात बाँधि मन बाँधि के पो हेरिन्छ ?

सविता के.सी., काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...