Tuesday 30th December 2025

अागामी वर्ष १० हजार भन्दा बढी नेपाली कोरिया जान पाउने अवसर


तितोपाटी डट कम – दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली (इपिएस)को कोटा आगामी वर्ष सन् २०१९ को लागि १० हजार २ सय तोकिएको छ ।

मंगलबार सोलस्थित दूतावासमा आयोजित ११ औं गणतन्त्र दिवसको शुभकामना आदनप्रदान कार्यक्रममा राजदूत अर्जुन जंगबहादुर सिंहले जानकारी दिएका हुन्। राजदूत सिंहले कोरियन सरकारले अघिल्लो वर्षभन्दा यसपालि नेपालको लागि इपिएस कोटा बढाएको बताए।

यसैवर्ष नेपाल र कोरियाबीच इपिएस प्रणालीको पुन: सम्भौता गरिने पनि उनको भनाइ थियो। सन् २००७ बाट सुरु भएको इपिएस प्रणालीबारे हरेक दुई वर्षमा पुन: सम्झौता गरिँदै आएको छ। इपिएस प्रणालीमार्फत कोरियामा रहेका १५ देशका कामदारहरुमध्ये नेपाली इमान्दार र मिहेनती भएकाले नै कोटा बढाएको राजदूत सिंहले स्पष्ट पारे। कोरियामा हाल कानुनी र गैरकानुनी गरी करिब ३५ हजार नेपाली कामदार रहेको अनुमान छ।

कार्यक्रममा गणतन्त्र देश कोरियामा रहेका नेपालीहरुले एकअर्कामा सद्भाव र सहकार्य गर्दै नेपालको अबको आर्थिक विकासमा टेवा पुर्‍याउन सके गणतन्त्र दिवसको सान्दर्भिकता हुने धारणा वक्ताहरुले राखे।

कार्यक्रममा कोरियाका लागि पर्यटन प्रतिनिधि तथा एनआरएन कोरियाका संरक्षक केपी सिटौला, एनआरएन एसिया प्यासिपिक महिला संयोजक जुनु गुरुङ, एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुङ, एनसीसीकी अध्यक्ष अञ्जु केसीलगायत उपस्थित थिए।


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...