Thursday 31st October 2024

छन्दमा शीतहरू


सीता बिष्ट कार्की ( सीबिका) – शीत मौलिक नेपाली माटोमा सिर्जना भएको लघुतम काव्य हो । “अष्टाक्षरी लघुकवितानै शीत हो ।” पुष्कर अथक रेग्मीले परिकल्पना गर्नु भएको ‘शीत’ कविता छोटो समयमै लोकप्रिय हुन पुगेको छ । हामीले गठन गरेको शीत काव्य समाज नेपालको समूहमा धेरै स्रष्टाहरू जोडिनु भएको छ र निकै राम्रा राम्रा शीतहरू लेख्दै अाउनु धएको छ ।

केही स्रष्टाहरूले स्वतन्त्र र स्वतस्फूर्त रूपमा शीतहरू लेख्दै र मुहार पुस्तिकामा प्रेषित गर्दै अाउनु भएको छ । शीत विभिन्न नियम र सूत्रमा रहेर लेख्न सकिन्छ । शीतलाई छन्दमा पनि लेख्न सकिन्छ । मधु,स्त्री,मही र सारू छन्दमा लेखिएका केही शीतहरू यसप्रकार रहेका छन् ।

मधु छन्द( ॥ )
भर
पर
घर
गर

गन
धन
अनि
भन

अघि
गुन
पछि
सुन

स्त्री छन्द( ss)
मीठो
पाएँ
खाना
खाएँ

राती
नापे
माना
पाथी

माया
साँचे
जम्दै
नाँचे

मही छन्द( IS )
ठुला
भए
धनी
गए

मिठो
मही
चिसो
दही

चला
गला
भयो
कला

सारू छन्द( SI)
रात
बात
किन
साथ

काम
गर्छ
दाम
टर्छ

राम
मान
जाम
धाम


सम्बन्धित शीर्षकहरु

दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपाधि बंगलादेशले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल…

नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आज साँझ…

क्यानडा सरकारले मंगलबार आरोप लगाएको छ कि हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीका नजिकका सहयोगी भारतीय गृहमन्त्री अमित शाहले क्यानडाको भूमिमा…

प्रतिकृयाहरू
...