Tuesday 13th October 2026

सुरेश वैद्यको झरना – २


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
झरना = १० झर

१
कसैको जीत त कसैको हार हुन्छ
शुरुमा नोक झोक पछि त प्यार हुन्छ ।

२
यहाँ देशको छ चिन्ता तिमी कुर्सि कुर्सि भन्छौ
कति साम सद कस्को पक्षमा हरप्रहर गन्छौ ।

३
सुस्तरी सुस्तरी नयन सागरमा पस्यौ
डुब्दा डुब्दै दिलको सिंहासनमा बस्यौ ।

४
क्या कस्ट तिम्रो त्यो जवानी
बनि देउ न मेरी मन कि रानी ।

५
गोरो गोरो गालामा कालो कालो कोठी
आमा बाउको तिमी छोरी कान्छी हो कि जेठी ?

६
खोजी रहन्छौ तिमी सधैं नयाँ नयाँ दाउ
कसरी पारूँ भनि मेरो कलेजिमा घाउ ।

७
हे कोरोना तिमी आएदेखि धरतीलाई अफाप भएको छ
भुसुना सरी जहाँतहिँ मान्छे सखाप भएको छ ।

८
मसँग म मात्रै छु खोज एउटा साथी
सधै रहोस उसको हात मेरो काध माथि।।

९
कहिले पूरा नहुने रहेछ कस्तो हो तिम्राे बोलि
सकिँदैन अब पाल्न पठाउनु छ बोकाएर झोलि ।

१०
शब्दहरूसँग खेल्ने मेरो पनि रहर छ
साहित्य कुण्डमा केही थोपा थप्ने ठहर छ ।

-सुरेश वैद्य


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...