🌹मुक्तक 🌹
१
संसारमा स्वार्थीको भिड बढेछ यहाँ ,
दुष्ट आत्माहरुको बास गढेछ यहाँ ,
कस्तो आयो जमाना बाँच्नलाई कठिन ,
कलियुगमा कलि राक्षस चढेछ यहाँ ।
२
लुकामारी खेल यस्तो जिन्दगी हुदैन,
बल्झिएको चोट जस्तो जिन्दगी हुदैन,
हानाथाप मात्र प्रतिस्पर्धी जिन्दगी,
अरूलाई उछिन्न सस्तो जिन्दगी हुदैन ।
३
मिठो आभास प्रकृतिको साथमा हुन्छ ,
दु:ख पोख्ने ठाउँ मायाको गाथमा हुन्छ,
जिन्दगि एउटा दौडान रहेछ यहाँ ,
आँसु लुकाउन उचित माथमा हुन्छ ।
४
भाग्यले नै ठगेपछि कस्ले देख्न सक्छ,
स्वार्थी धेरै भएपछि कस्ले छेक्न सक्छ,
हाँसो अनि रोदन खेल हो जिन्दगीको,
भित्री मन रोएपछि कस्ले मेट्न सक्छ।
५
कसैको मन दुख्ला भन्ने पिर लाग्छ,
भित्री चोट बल्झिएपछि तिर लाग्छ ,
कसरी बाँच्नु र धड्कन बन्द भयो भने,
पीडाहरू सल्किएपछि चिर लाग्छ ।
🌹रिता खराल , रुपन्देही🌹