जिन्दगीको योजनाहरु पर पर सार्नु पर्यो ।
कति थिए रहर इच्छा मनभित्रै मार्नु पर्यो ।
सरकार सधैं पोषणको प्रचारवाजी गर्छ यहाँ
जनताले नुन तेल बिनै छाक टार्नु पर्यो ।
आज मान्छे घरमै कैदी बनेको देख्दा लाग्छ
प्रकृतिको लिला सँग विज्ञानले हार्नु पर्यो ।
कोरोनाले अकालमै ज्यान गुमाउनु पर्दा
कैयौं बृद्ध बा -आमाले रुँदै जुठो बार्नु पर्यो ।
बा-आमा दुबै गुमाउने लालाबाला देख्दा
आँखाबाट अस्रुधारा बररर झार्नु पर्यो ।
तोते बोलीमै टुहुरा भएका बालबच्चाले
जन्मदाताको तस्बिर हेर्दै जिन्दगी गुजार्नु पर्यो ।
धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौँ