Tuesday 20th January 2026

तेज प्रसाद खनालको झरना


” झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

१.
भ्रष्टहरुकै हालीमुहाली
चलिरहेछ देशमा जुहारी।

२.
मौका ठानेका छन् लुटीखान देश
फुलिसक्यो यिनीहरुको केश।

३.
सत्ताको नशा लागेर होला
कस्तो हुन्छ होला ठगको चोला।

४.
मासुको बिला देश होइन
साँधेर खाइ हुने चैन।

५.
आसेपासे पाएर चाट्न
तयार छन् नैतिकता साट्न।

६.
थियो देश सुनमा टुक्रा जस्तो
बेथिति बढ्यो किन देशमा यस्तो ।

७.
खालि बेतुकका कुरा गरेर
देश ठगी जान्छन् झोली भरेर।

८.
जनता भने सधैँ दुःख दर्दमा
कोही छैन आपत् पर्दामा।

९.
जयजयकार भ्रष्टको किन गर्छौ ?
कि त मौका ठानी तिमी पनि झोली भर्छौ ?

१०.
नवीन चिन्तन नवीन सोँचले
बदलौँ समाज युवा जोसले ।

११.
मलजल गरे फुल्नेछ फुल
जानी जानी नगर भुल ।

१२.
सहिदको सम्मान त्यतिबेला हुन्छ
जब सहिदको सपना पूरा हुन्छ।

१३.
पुर्खाको इज्जत जोगाऊँ हामी
देश हो उनकै नाशो मानी ।

१४.
सिमा अतिक्रम भइरहेछ यहाँ
तिम्रो ध्यान आखिर छ कहाँ ?

१५.
थोत्रा कुरा गरेर हुन्न अब
सुख मिल्छ पुल बाटो बन्छन जब।
तेजप्रसाद खनाल
लमही दाङ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...