Tuesday 20th January 2026

मधुसूदन प्रसाद घिमिरेका पाँच पञ्चाङ्ग


“पाँच तत्व, पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”


मान्छे गफ गर्छन् सोम रसका कुरा
म भन्छु कि साँच्चै यस्ता कुरा हुन् झुरा
महिला पुरुष सोम रसमा सधैं
डुबुल्कि मारि झुमिरहेका के सूरा ?
मलाई त लाग्छ यो कुरा हो मधुरा ।


मेरो मन बचनले तिमिलाइ माग्छ
तिमीलाई देख्ना साथ मेरो इच्छा जाग्छ ।
जे त होस ,तिमी र म ऐल्यै भागौँ हुन्न ?
तिमीलाई नदेख्दा मन्मा तिल जौ पाक्छ ।
झलक्क देखे पनि मन्मा इनर्जि जाग्छ ।


मान्छे बुढो हुन्छ मन बुढो हुदैन
मनले नखाको मान्छेलाइ छुदैन ।
दिल गढे पछि छ्याके पनि राम्रै छ ।
मेरा हातले लुगा धुदै धुदैन ।
तिमी नगै मेरो घर हुँदै हुदैन ।


कसैले मेरो गालामा चुप्पा खाएन
गृह लक्ष्मीलाइ कैल्यै याद आएन
मेरो मनकि रानी एक तिमी नै हौ
मेरो गाला कसैले पाउदै पाएन ।
मन गडेकि नभै सित्तल छाएन ।


के भयो लौन नि आज धरा रिसले चूर छिन्
हामिलाइ हेपि राख्या छौ भन्दै यी घुर छिन
साँच्चै अतिक्रम ण भा छ नदी नाला हरु प्रति
छाडे नन् मान्छेले काहीँ बगर् नि किन बेच छिन्
घिन मान्दैन क्वै मान्छे अतिक्रमण् बढेर दिन् ।

मधुसूदन प्रसाद घिमिरे, काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...