Tuesday 13th October 2026

किरण कुमार देवकोटाको झरना – १


“झरदेखि झरना सम्म, हाम्रो यात्रा सागरसम्म”

झरना = १० झरहरू
——————-
( १)
बुबा भरोसा हो भने आमा विश्वास हो
परिवारको हिम्मत बढाउने दुवै शाहस हो ।

(२)
आमा बाहिर हेर्दा कठोर भित्र नरम रहनुहुन्छ
त्यसैले आमाको मनमा अनेकौ मर्मसँगै धर्म हुन्छ ।

(३)
आमा ओत लाग्ने एउटा आधार
पिता अनेकौं समस्यासँग जुध्ने दुईटा धार भएको तलवार ।

(४)
बालापनमा खुशी पर्ने पिता मुख्य पात्र हुन्
सन्तानको दु:ख सुख बुझ्ने आमा मात्र हुन् ।

(५)
बुबा जिम्मेवारी बोक्ने सन्तानको सारथी हुन्
सबैलाई ममताले छोप्ने आमा नै महारथी हुन् ।

(६)
जसको माता पिता असल र कर्मयोगी हुन्छन्
उनैका सन्तानले प्रगतिको शिखर छुन्छन् ।

(७)
जब नेपाली सपूतले गर्छ आफ्नो देशको मान राख्ने काम
अनि हुन्छ राष्ट्रको सम्मान ।

(८)
माली हॅु उधानको फूल लगाउॅछु
फूलले मातृभूमिलाई सजाउॅछु ।

(९)ज्ञानीले मानिसलाई सत्मार्ग देखाई दिन्छ
मूर्खले अरूलाई आफू समान लिन्छ ।

(१०)
हेरी बसें दिन भरि आउॅछौ कि त भनी
ढुंगो होईन मान्छे नै हॅु पग्लिन्छु म पनि ।

किरण कुमार देवकोटा
कपिलवस्तु न. पा .३
कपिलवस्तु


सम्बन्धित शीर्षकहरु

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

प्रतिकृयाहरू
...