Tuesday 20th January 2026

सुशीला पौडेलको झरना


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

झरना =१० झर


दिमाग मेरो शून्य शून्य भएको छ,
होस् हवास सबै तिमी तिरै गएको छ।


आफू बसेर मलाई सुत्न भन्छौ
बिहान सक्दो सबेरै उठ्न भन्छौ।


खाली दिमाग शैतानको बास भयो,
मेरो लागि तिमी मात्रै एक खास भयो।


जिन्दगीमा जिउन जान्नु पर्छ,
पराई पनि आफ्नै मान्नु पर्छ।


अँध्यारो त्यो रातमा
हामी दुई एक साथमा।


प्राकृतिक विपत्ती पनि कति आएको,
यसैले नै धेरै जनाको ज्यान खाएको।


हिमाल झै अटल बन्नु छ,
गलत गर्नेलाई केही भन्नु छ।


समाज परिवर्तन गर्नु छ,
भोको पेट हुनेको भर्नु छ।


जहिले तिम्रो हात समाउन मन छ,
सयौ जुनी तिमीसँग कटाउन मन छ।

१०
जहाँ हुन्छ खोट,
त्यही किन सबथोक।

सुशीला पौडेल , अर्घाखाँची


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...