Wednesday 15th May 2024

अनुग्रह राना मगर (पुष्प)को झरना – १


“झरदेखि झरनासमा, हाम्रो यात्रा सागरसम्म”
झरना =१० झर

१) उफ् प्रकृतिको रूप कस्तो
सलल बगि आउने भए झैँ सस्तो ।

२) रमाइलो त्यो नगर
एकैछिनमा भयो बगर ।

३) हेर्दाहेर्दै पानीले भरियो वरिपरि समतल्ल
आनन्दले बाँचेको जिन्दगी भयो छातछुल्ल।

४) मन बुझाउनु अब यो स्थितिमा खै कसरी
गर्नुहुन्न वनजङ्गल र खोलानलाको तस्करी ।

५) थाहा थियो बगर हो भनेर तर बनायौ घर
जिद्दी गर्‍यौ सोँचेनौ पछिलाई अब के को हुने भर ।

६) यस्तो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि
जान्ने बुझ्नेले सम्झाउँदा मानेनौं गर्‍यौ आनकानी ।

७) थोरै सुख्खा भयो देखेनौ पानीको मेल
उर्ली आयो तमासले बाढी र भेल ।

८) करोडौंको क्षती भयो अब कता भाग्ने
प्रकृतिलाई मिची एस आराम गरेथ्यौ भयौ अब माग्ने ।

९) पहिल्यै जानी बुझी सुरक्षित भएको भए
यस्तो हानी हुन्न थियो व्यवस्थित भएको भए ।

१०) अब सबले बुझौँ प्रकृतिको देन हो भनेर
बस्ती बसालौँ सही ठाँउमा राम्ररी बुझेर ।

अनुग्रह राना मगर (पुष्प)
संखुवासभा
हालः मलेसिया


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...