Saturday 22nd August 2026

रामराजा के.सी. को तीन पञ्चाङ्ग


“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

पञ्चाङ्ग ३ (तीन)


ढुकुटी मात्र आफैले आफ्नो भरायो यहाँ
दिन्छु मैले अरुलाई भन्दै करायो यहाँ
दिउँसै बत्ती लिएर खोज्दा पनि
सूर्य नै पनि धमिलो भई हरायो यहाँ
अरुकै हातमा मातृभूमि गरायो यहाँ ।


के होला यो बेला देशको कुरा गरिन भने
शान्तिको लागि नि घर्घर बीउ छरिन भने
दूध र नौ महिना कोखमा राखेको बिर्सिएर
आमा बेच्नेहरू म देखुँला नि मरिन भने
बचाउँला संसारबाट अन्त सरिन भने


बिर्सिजाने कस्तो माया लाएको मैले
साँचो ठान्या रहेछु कसम खाएको मैले
धेरै तन्काए चुँडिन्छ भन्थे रबर पनि
छिनेर जान सक्ने नाता पाएको मैले
सयौं जुनिसम्मको साथ चाहेको मैले

रामराजा के.सी., फर्पिङ, काठमाडोँ ।


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...