Sunday 3rd August 2025

उत्तर अमेरिका व्यापी कविता प्रतियोगिता हुने


तीतोपाटी डटकम-समाचारदाता,एएनएको वार्षिक उत्सवको अवसर पारेर आगामी जुलाई ३ मा अमेरिका व्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ । उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूलाई दुई सय शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता जून २८ सम्ममा पठाउन अनुरोध गरिएको छ । अनेसासको सह-आयोजनामा हुने उक्त प्रतियोगिताको संयोजकको जिम्मा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजालाई दिइएको छ ।

संयोजक पूजाका अनुसार प्रतियोगितालाई पारदर्शी बनाउन उत्तर अमेरिकाकै तीनजना निर्णायकलाई छनोट गरि वाचनका लागि उत्कृष्ट दश कविको नाम सार्वजनिक गरिने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः ३ सय, दुई सय र एक सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...