Tuesday 13th October 2026

सविता के.सी. को ३ पञ्चाङ्ग


“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार“

पञ्चाङ्ग ३ (तीन)

१
झम् झम् वर्षे झरी पातमा गाइरहे गानाहरू
खरको छानो तप्प तप्प चुहिरहे छानाहरू
तारामण्डल छानो हजुर गरिबीको जीवन
छैन घुम्, भिज्यो शरीर लाउने आफ्ना नानाहरू
जति पल्टाउँ उस्तै लाग्छन् जिन्दगीका पानाहरू ।

२
चौबिसै घण्टा बादल पानी बनी झरेर आयो
पल्लो किनारबाट ओल्लो किनार सरेर आयो
यस्तै रहेछ प्राकृतिक प्रकोपभन्ने कुरा पनि
समस्या नै त हो एकपछि अर्को परेर आयो
पारि गाउँदेखि वारि गाउँसम्म सरेर आयो ।

३
सबैदेखि अघाएर तिमीलाई चुनेर ल्याइयो
साथ, सहयोग र विश्वासलाई गुनेर ल्याइयो
होला नि त समाज विकासभन्ने आशा छ मनमा
गुण र आत्मसमर्पणका कुरा सुनेर ल्याइयो
तलदेखि माथिसम्म सबै जालो बुनेर ल्याइयो ।

सविता के.सी.
काठमाडौ


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...