Saturday 28th September 2024

शोभा थापाका पाँच मुक्तकहरू


१,
नाम दाम चलेकातिरै आँखा हेरिन्छ यहाँ
जो छन् दुःखी गरिब उसैलाई केरिन्छ यहाँ
कहिले हुँदैन हाम्रो देशमा राम्रो
विकास
रोजी खोजी चाहे कै ती सासंद
फेरिन्छ यहाँ ।

२,
जहिले धर्म संस्कारको नाममा दण्डित भएँ म
एकलास गोठमा सुत्नु पर्दा बलात्कृत भएँ म
बुझेनन् पीडा बाउ आमाले पराईले के बुझ्थ्यो र
देशको सरकार कानुन देख्दा लज्जित भएँ म।

३,
यही हातले सितार उठाउन सक्छे नारी
हलो फाली घरबार उठाउन सक्छे नारी
नठान्नु कमजोर कसैले सृष्टि जननिलाई
परी आए हतियार उठाउन सक्छे नारी।

४,
युवा सब खाडीमा पठाउ खेतमा ताल्चा लगाऊ सरकार
महङ्गी बढाउ गरीबको पेटमा ताल्चा लगाऊ सरकार
विकासको कुनै निकास छैन व्यर्थै केलाई गर्छौ दौडधुप
ढुकुटी छ तिम्रै हातमा अब देशमा ताल्चा लगाऊ सरकार।

५,
ओकल्नु छ आगो समुन्द्रको छाल बन्नु छ मलाई
जोगाउनु छ देश सीमानामा ढाल बन्नु छ मलाई
हे नन्दी भृङ्गी जाग हे जाग काली चण्डी सबै जाग
मानवरुपी दानवराजको काल बन्नु छ मलाई।

-शोभा थापा
हेटौंडा-४, मकवानपुर ।


सम्बन्धित शीर्षकहरु

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको…

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

प्रतिकृयाहरू
...