Tuesday 13th October 2026

शोभा थापाका पाँच मुक्तकहरू


१,
नाम दाम चलेकातिरै आँखा हेरिन्छ यहाँ
जो छन् दुःखी गरिब उसैलाई केरिन्छ यहाँ
कहिले हुँदैन हाम्रो देशमा राम्रो
विकास
रोजी खोजी चाहे कै ती सासंद
फेरिन्छ यहाँ ।

२,
जहिले धर्म संस्कारको नाममा दण्डित भएँ म
एकलास गोठमा सुत्नु पर्दा बलात्कृत भएँ म
बुझेनन् पीडा बाउ आमाले पराईले के बुझ्थ्यो र
देशको सरकार कानुन देख्दा लज्जित भएँ म।

३,
यही हातले सितार उठाउन सक्छे नारी
हलो फाली घरबार उठाउन सक्छे नारी
नठान्नु कमजोर कसैले सृष्टि जननिलाई
परी आए हतियार उठाउन सक्छे नारी।

४,
युवा सब खाडीमा पठाउ खेतमा ताल्चा लगाऊ सरकार
महङ्गी बढाउ गरीबको पेटमा ताल्चा लगाऊ सरकार
विकासको कुनै निकास छैन व्यर्थै केलाई गर्छौ दौडधुप
ढुकुटी छ तिम्रै हातमा अब देशमा ताल्चा लगाऊ सरकार।

५,
ओकल्नु छ आगो समुन्द्रको छाल बन्नु छ मलाई
जोगाउनु छ देश सीमानामा ढाल बन्नु छ मलाई
हे नन्दी भृङ्गी जाग हे जाग काली चण्डी सबै जाग
मानवरुपी दानवराजको काल बन्नु छ मलाई।

-शोभा थापा
हेटौंडा-४, मकवानपुर ।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...