Saturday 29th June 2024

इन्दिरा देवकोटाको झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

झरना

(१ )
आउन सक्छ वर्षा अविरल फेरी
खोस्न सक्छ खुसी रति भर नहेरी ।

(२)
खस्न सक्छ पहाड नदी होला बन्द
विकराल रूप लिन्छ मन्द मन्द ।

(३)
दिन रात सधै सजग बन्नु राम्रो
भलाई त्यसैमा हुन्छ सधै हाम्रो ।

( ४ )
जति जति प्रकृतिको दोहोन हामी गर्छौ
पटक पटक विपत्तिको कारण हामी मर्छौ ।

( ५ )
नखनौ चुरे सम्पत्ति हो हाम्रो
प्राकृतिक निंधि जोगाएको राम्रो ।

(६)
जल मग्न छ मेरो भूमि कोशी छेकेर
थाम्नु कसरी यो मन अन्याय देखेर ।

( ७ )
छेपारो जस्तो रंग फेरि फेरी
रूवाउँछ छिमेकी अवसर हेरि हेरी ।

(८ )
बेचियो नारायणी कोशी र कर्णाली पनि
बेचिंदै छ चुरे हाम्रो घाटा पूर्ति गर्न भनि ।

( ९ )
नदीको बाटो छेकेर महल बने पछि
खोज्छ आफ्नो ठाउँ वस्ति भित्र खसि ।

( १० )
चुनावको बेलामी गाउँ गाउँ नेता
विपदको बेलामा कोही फर्केनन् यता ।

इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३
कपिलवस्तु


सम्बन्धित शीर्षकहरु

बाढी पहिरो तथा चट्याङ जस्ता विपद्जन्य घटनामा परि गत २४ घण्टामा १४ जनाको ज्यान गएको छ भने यस अवधिमा ४४…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १९ जना प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य २५ जना घाइते भएको आरआइए…

प्रतिकृयाहरू
...