Saturday 29th June 2024

कविराज तामाङको झरना – १


“ झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म “

झरना = १० झर


कैयौं मानव क्षति भयो बाढी पहिरोले
देखेन, सुनेन अन्धो सरकार बहिरोले ।


हे झरी नरोइदेऊ बेस्सरी मेरो आँशु सकिन्छ
ज्यान गलेर सारा मानव दुःख पाएर थाकिन्छ ।


मुटु फुट्ला झैं रुन्छन आकाश पनि घरिघरी
विपत्ति आयो आनाकानी गर्छन् थरीथरी ।


बाढी आयो क्षति भयो कुरा मात्र हैन काम गर
मदेखि तन पनि थोरै सहयोग लिएर अघि सर ।


सलह, किराले बाली खाएनी गर्नु छ खेती
प्राकृतिक विपत्तिले भयो धेरै मानव क्षती ।


विपत्ति पनि आउँछ खाली मान्छे वरीपरी
उमंग र खुसीले भन्दा दुःखले सताउँछ घरिघरी ।


विपत्तिमा सरकार भाषणमा मात्र सहयोग गर्छन्
त्यही भएर जनता आकालमा मर्छन् ।


मानव वस्ति डुबायो भेल बाढी आएर
सहयोग गरौँ मिलीजुली हामी त्यहाँ गएर ।


आकाश नरोउ त्यसरी आँसु सकिसक्यो
गाँस, बास, कपास नपाएर मानव थाकिसक्यो ।

१०
बाढीले खोसिएर लग्यो ममताको खानी
मन, मुटु छिया-छिया भयो खै कसरी सहनी ?

-कविराज तामाङ,काभ्रे


सम्बन्धित शीर्षकहरु

बाढी पहिरो तथा चट्याङ जस्ता विपद्जन्य घटनामा परि गत २४ घण्टामा १४ जनाको ज्यान गएको छ भने यस अवधिमा ४४…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १९ जना प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य २५ जना घाइते भएको आरआइए…

प्रतिकृयाहरू
...