Friday 26th June 2026

कविराज तामाङको झरना – १


“ झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म “

झरना = १० झर


कैयौं मानव क्षति भयो बाढी पहिरोले
देखेन, सुनेन अन्धो सरकार बहिरोले ।


हे झरी नरोइदेऊ बेस्सरी मेरो आँशु सकिन्छ
ज्यान गलेर सारा मानव दुःख पाएर थाकिन्छ ।


मुटु फुट्ला झैं रुन्छन आकाश पनि घरिघरी
विपत्ति आयो आनाकानी गर्छन् थरीथरी ।


बाढी आयो क्षति भयो कुरा मात्र हैन काम गर
मदेखि तन पनि थोरै सहयोग लिएर अघि सर ।


सलह, किराले बाली खाएनी गर्नु छ खेती
प्राकृतिक विपत्तिले भयो धेरै मानव क्षती ।


विपत्ति पनि आउँछ खाली मान्छे वरीपरी
उमंग र खुसीले भन्दा दुःखले सताउँछ घरिघरी ।


विपत्तिमा सरकार भाषणमा मात्र सहयोग गर्छन्
त्यही भएर जनता आकालमा मर्छन् ।


मानव वस्ति डुबायो भेल बाढी आएर
सहयोग गरौँ मिलीजुली हामी त्यहाँ गएर ।


आकाश नरोउ त्यसरी आँसु सकिसक्यो
गाँस, बास, कपास नपाएर मानव थाकिसक्यो ।

१०
बाढीले खोसिएर लग्यो ममताको खानी
मन, मुटु छिया-छिया भयो खै कसरी सहनी ?

-कविराज तामाङ,काभ्रे


सम्बन्धित शीर्षकहरु

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

प्रतिकृयाहरू
...