Tuesday 20th January 2026

रिता खरालको झरना – १


“झरदेखी झरनासम्म , हाम्रो यात्रा सागरसम्म”

🌺झरना 🌺

🌹”नेपाल “🌹

१.प्यारो लाग्छ हाम्रो देश नेपाल,
सुन्दर शान्त अनि विशाल ।

२. प्राकृतिक हराभरा रमणीय स्वर्ग,
मनमोहित नेपाल हाम्रो लाग्दछ गर्व ।

३. जताकतै हरियाली प्रकृतिको धनि,
नेपालमा जन्मिएका हामी कति भाग्यमानि ।

४. गौतम बुद्ध जन्मिनु भो हाम्रै नेपालमा,
देश विदेशबाट आउँछन् कति भ्रमणमा ।

५. मठ, मन्दिर, मस्जित, चर्च छन् सबै नेपालमा,
सबै जातजाति अनि भाषाभेष मिलेकाछन् आपसमा ।

६. विश्वमा नै अग्लो छ सगरमाथा हिमाल,
नेपालको चिनारी बनेको छ विशाल ।

७. विकाससिल देश भए पनि छ बिशाल,
आहा! कति प्यारो छ हाम्रो देश नेपाल ।

८ .विश्वसामु नझुकेका गोर्खाली छन् सान,
गोरखकाली दरबार नेपालमा छ जान ।

९. मर्न परे पनि नडराई डटेर सामना गर्ने,
नेपाली छन् नेपालमा किन डर मान्ने ।

१०. सानो सानो देश भए पनि हाम्रो नेपाल ,
अति सुन्दर हराभरा प्राकृतिको धनि छ विशाल ।

🌷रिता खराल , रुपन्देही 🌷


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...