गजल
###
यो आँशुको खहरे थमाउन छ गाह्रो ।
त्यो तिम्रो शहरमा रमाउन छ गाह्रो ।
रुपैंयाँमा नापतौल सजिलै गरिन्छ
हो ईज्जत,प्रतिष्ठा कमाउन छ गाह्रो ।
पत्थरका मुटु छन् कसरी पो गल्छन्
घाउ, कष्ट, पिर छमाउन छ गाह्रो ।
छेपारो झैँ रंग फेर्छन् हरेक पलमा
आफ्नै भनी हात समाउन छ गाह्रो ।
खुट्टा तान्ने, कुरा काट्ने बिगबिगी छ
सोझा सिधाले त जमाउन छ गाह्रो ।
– लक्ष्मी स्मृति, बिराटनगर-५