“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
झरना = १० झर
**
१
वर्गीय समाजमा वर्गीय माया हुन्छ
वर्गीय घृणा तथा वर्गीय छाया हुन्छ !!
२
सबैको प्रिय हुन कहिल्यै सकिदैन
सबैको मुटु छुन कहिल्यै सकिँदैन !!
३
बाख्रा बाघ एउटै हुनै सक्दैन
जेठ माघ एउटै हुनै सक्दैन !!
४
वर्ग समन्वय शोषकको चाल हो
महल समृद्ध झुपडी कंगाल हो !!
५
कोही हुने कोही नहुने होइन समानता
बराबरी भाग कहिले लगाउँदैन समता !!
६
ठगेर झुपडीको भाग खान्छ महलले
आफुलाई भाग्यशाली ठान्छ महलले !!
७
सितिमिति बुझिदैन शोषकको जाल
धर्म संस्कृतिको नाममा पार्छ कंगाल !!
८
विकृतिलाई संस्कृति ठान्छन्
स्वर्ग नर्क भाग्य पुर्वजन्म मान्छन् ।।
९
विज्ञानको तथ्यले गर्दैनन् ज्ञानमा सुधार
धार्मिक अन्धविश्वास दिन्छन् उपहार !!
१०
चन्दा दान पुजाले पाप काट्न खोज छ
भ्रष्टाचारको रुपैयाँले जीवनभर मोज छ !!
वैद्यनाथ ठाकुर
वीरगन्ज
२०७८/०३/०२/०४