Saturday 22nd August 2026

शर्मिला श्रेष्ठको गजल संग्रह – ६


गजल
###
जीवनभर ऐना पुछिरहें, दाग मुखमा रहेछ ।
निश्चिन्त रही भरोसा गर्नुपर्ने मयूखमा रहेछ।

च्यातिन्छ स्वाभिमान पारदर्शी आवरणको होडमा
पाइने त मान मर्यादा आफ्नै देशको बुखमा रहेछ।

संरक्षण बिना जथाभाबी काटी कमाएको नतिजा
बल्ल बुझें जीवनरक्षाको तागत रुखमा रहेछ।

बचाउनुपर्छ सांस्कृतिक वाद्यवादन सबै हाम्रो
राष्ट्रको ऐतिहासिक पहिचान लगुखमा रहेछ।

प्रकृति रिसाइन् ढाड भाच्चियो स्वार्थपूर्ति कारणले
बुझेनन् प्रतिफल आफ्नाकै भविष्य दु:खमा रहेछ।

शर्मिला श्रेष्ठ, ललितपुर
हालः अमेरिका


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...