Tuesday 20th January 2026

पुष्कर अथक रेग्मीको गजल संग्रह – १


छन्द: भुजङ्गप्रयात

मिठो दूध धारा चुसाएर पाल्यौ ।
सही भोक निन्द्रा खुवाएर पाल्यौ ।।

गुणी ज्ञान नामी कही पाठ नाना
कहानी अनौठो सुनाएर पाल्यौ ।

झिनो आशमा स्वप्न देखी यसैले
त संसार सारा घुमाएर पाल्यौ ।

र ठूलो म मान्छे बनाउँछु भन्दै
शिरै माथि राखी उठाएर पाल्यौ ।

दिएँ दुःख धेरै म हुँ पुत्र आमा
समाली मनै त्यो बुझाएर पाल्यौ ।

पुष्कर अथक रेग्मी
तानसेन, पाल्पा


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...