Friday 26th June 2026

पुष्कर अथक रेग्मीको गजल संग्रह – १


छन्द: भुजङ्गप्रयात

मिठो दूध धारा चुसाएर पाल्यौ ।
सही भोक निन्द्रा खुवाएर पाल्यौ ।।

गुणी ज्ञान नामी कही पाठ नाना
कहानी अनौठो सुनाएर पाल्यौ ।

झिनो आशमा स्वप्न देखी यसैले
त संसार सारा घुमाएर पाल्यौ ।

र ठूलो म मान्छे बनाउँछु भन्दै
शिरै माथि राखी उठाएर पाल्यौ ।

दिएँ दुःख धेरै म हुँ पुत्र आमा
समाली मनै त्यो बुझाएर पाल्यौ ।

पुष्कर अथक रेग्मी
तानसेन, पाल्पा


सम्बन्धित शीर्षकहरु

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

प्रतिकृयाहरू
...