Monday 13th July 2026

कुवेतमा जुन-२७ बाट कोरोना बिरुद्दको खोप नलगाएकालाई सपिङमलहरुमा प्रबेश निषेध


हरी कृष्ण न्यौपाने-कुवेत सरकारले कोरोना बिरुद्दको खोप (कोभिड भ्याक्सिन) नलगाएकाहरुलाई सपिङ मल, रेष्टुरेन्ट, हेल्थ क्लब तथा शैलुनहरुमा प्रबेश गर्न नदिने भएको छ।यो नियम जुन-२७,२०२१ आईतवारबाट लागू गरिने भएको हो।

कुवेतको मन्त्रिपरिषदको निर्णयलाई सार्वजनिक गर्दै कुवेत टाइम्समा प्रकाशित समाचारमा भनिएको छ “जुन-२७ तारिक,२०२१बाट सपिङ मल, रेष्टुरेन्ट, हेल्थ क्लब तथा शैलुनहरुमा जाने सबै कुवेती नागरिक तथा आप्रबासीहरुले कुवेत मोबाइल आइडी वा इमियून (Kuwait Mobile ID or Immune)मोबाइल एप्स मार्फत आफूले कोभिड भ्याक्सिन लगाएको रेकर्ड देखाउनु पर्ने छ।”

त्यसै गरी कुवेत सरकारले सेप्टेम्बर २०२१ बाट कोभिड भ्याक्सिन नलगाएका आप्रबासीहरुको भिषा नबिकरण नगर्ने यस पहिलेनै घोषणा गरिसको छ भने कुवेतको रेसिडेन्सी सिस्टमलाईनै कोभिड भ्याक्सिन डोजसंग लिंक गराउने कुवेत सरकारले तयारी गरिरहेको बताईएको छ।कोभिड भ्याक्सिनलाई रेसिडेन्सी सिस्टममा लिंक गराउने काम शुरु गरिएको कारण साथै कुवेत आउन चाहने नयाँँ कामदारहरुको भिषा तत्काल नखुल्ने बताईएको छ।

तपाईंले पनि कोभिड भ्याक्सिन लगाउन अनलाइन मार्फत नाम दर्ता गराउनु भयो?यदी नाम दर्ता गरेर आफ्नो पालो आएको छैन भने अझै केही समय पर्खनु होला तर अझै नाम दर्ता गराउनु भएको छैने भने कुवेत सरकारको स्वास्थ्य मन्त्रालयको अनलाइन लिंकबाट निशुल्क कोभिड भ्याक्सिनका लागि नाम दर्ता गराउनु होला।

तर भिषा स्टाट्समा इलिगल भएका वा भागेर अबैधानिक रुपमा काम गरिरहेकाहरुले भने कुवेतमा कोभिड भ्याक्सिनको सेवा लिन पाउने छैनन।यसरी अबैधानिक रुपमा रहेका अनुमानित आप्रबासिहरुको संख्या १ लाख भन्दा माथि रहेको बिभिन्न समयमा प्रकाशित समाचारमा जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

एक वर्षमा सडक दुर्घटनाभन्दा तीन गुणा बढी आत्महत्या, तथ्यांकले देखायो गम्भीर सामाजिक संकट काठमाडौं । नेपालमा आत्महत्याको घटना सडक दुर्घटनाबाट…

चीनले अमेरिका, फिलिपिन्स, जापान तथा अन्य सहयोगी राष्ट्रहरूले दक्षिण चीन सागरसम्बन्धी जारी गरेको संयुक्त वक्तव्यलाई कडा रूपमा अस्वीकार गरेको छ।…

अमेरिका र इरानबीच युद्ध रोक्ने उद्देश्यले भएको प्रारम्भिक समझदारी लामो समय टिक्न सकेन। केही साताअघि युद्धविराम र वार्ताको वातावरण बने…

प्रतिकृयाहरू
...